BIZMANDU
www.bizmandu.com

विश्व बजारमा कम्प्युटरको बिक्री झिनो मात्रामा वृद्धि, नेपालमा भने चरम मन्दीमा

२०८१ माघ २६

विश्व बजारमा कम्प्युटरको बिक्री झिनो मात्रामा वृद्धि, नेपालमा भने चरम मन्दीमा
विश्व बजारमा कम्प्युटरको बिक्री झिनो मात्रामा वृद्धि, नेपालमा भने चरम मन्दीमा


काठमाडौं। विश्व बजारमा पर्सनल कम्प्युटर (पीसी)को बिक्री १.३ प्रतिशतले बढेको छ। सन् २०२४ मा पीसीको बिक्री २४ करोड ५३ लाख थान भएको प्रविधिसम्बन्धी अनुसन्धान गर्ने अमेरिकाको प्रख्यात संस्था गार्टनरको अध्ययनले देखाएको छ। सन् २०२३ को तुलनामा यो १.३ प्रतिशतको वृद्धि हो। बिक्री बढे पनि लगातार दुई वर्षदेखि विश्वभर पीसीको ढुवानी २५ करोडभन्दा तलै छ।

Tata
GBIME
NLIC

गार्टनरका अनुसार सन् २०२४ को चौथो त्रैमासमा पीसीको बिक्री ६ करोड ४४ लाख थान रह्यो। गत वर्ष २०२३ को सोही अवधिको तुलनामा यो १.४ प्रतिशतको वृद्धि हो।

गार्टनरका विश्लेषणसम्बन्धी वरिष्ठ निर्देशक रन्जीत अट्वालका अनुसार सन् २०२४ को अन्तिम त्रैमासमा देखिएको वृद्धि सामान्य मात्रै रहेको प्रतिक्रिया दिएका छन्।

‘आर्टिफिसियल पीसीमा जसरी उपभोक्ताहरुको बढ्दो अपेक्षा र विन्डोग ११ पीसी रिफ्रेस साइकलका कारण पीसी बिक्री बढ्ने अनुमान थियो। तर, एकदमै सामान्य वृद्धि मात्रै भएको छ। एआई पीसीको मूल्यका लागि धेरै उपभोक्ता पर्ख र हेरको अवस्था छन्। यसले पनि माग घटायो। सँगै चीन र केही युरोपेली देशहरुमा आर्थिक अनिश्चितताका कारण पीसीको माग घट्यो,’ अट्वालले भने।

सन् २०२५ मा पीसीको बजारमा सुधार हुँदै माग बढ्ने अपेक्षा गरिएको छ। बजारमा देखिएको सुस्तताकाबीच पीसी उत्पादन गर्ने शीर्ष ६ भेन्डरहरुको र्‍याङ्किङमा कुनै परिवर्तन भएको छैन। सन् २०२४ को चौथो त्रैमासमा एचपी र डेलबाहेक लेनोभो, एप्पल, एसस, एसरलगायतका ब्राण्डको बिक्री बढेको देखिन्छ।

कम्पनी२०२४ को चौथो त्रैमासको बिक्री (हजारमा)बजार हिस्सा (%)२०२३ को चौथो त्रैमासको बिक्री (हजारमा)बजार हिस्सा (%)घटबढ (%)
लेनोभो१६,९६०२६.३१६,२७९२५.६४.२
एचपी१३,७२४२१.३१३,९६२२२-१.७
डेल९,९७०१५.५९,९८३१५.७-०.१
एप्पल६,२८०९.८६,००४९.४४.६
एसस४,७५७७.४४,३३४६.८९.८
एसर४,१३१६.४३,९८९६.३३.६
अन्य८,५७८१३.३८,९९११४.१-४.६
कुल६४,४००१००.0६३,५४११००.0.
स्रोत: गार्टनर

लेनोभोले लगातार पाँच त्रैमासदेखि बिक्री बढाइरहेको छ। लोनोभोका पीसीको बिक्री वृद्धिदर ४.२ प्रतिशत छ। एसिया र क्यानडामा बिक्री नबढेपनि जापान र अमेरिकामा लेनोभोको व्यापार बढेको छ। चीनको ‘डिप्रेस्ड’ अर्थतन्त्रका कारण पीसीको मागमा नै गिरावट आएपनि लेनोभोको व्यापारलाई चिनियाँ बजारले थप ठूलो धक्का पुगेको छ।

अर्को भेन्डर एचपीका लागि सन् २०२४ को अन्तिम त्रैमास कमजोर बन्यो। यसअघि लगातार पाँच त्रैमासमा भने एचपीको व्यापार बढेको थियो। यस्तै, डेलको व्यापार पनि घट्न पुगेको छ।

सन् २०२४ मा पीसीको बजारमा झिनो सुधार देखिएको छ। गत वर्ष पीसीको बिक्री १.३ प्रतिशतले बढ्यो। तर, विगत १० वर्षमा पीसी बजारको इतिहास हेर्दा सन् २०२३ सबैभन्दा कमजोर बन्यो।

नेपालको अवस्था हेर्ने हो भने पीसी बिक्रेताहरु निरास देखिन्छन्। काठमाडौंको पुतलीसडकमा रहेको कम्प्युटर बजारमा विभिन्न ब्राण्डका कम्प्युटर बिक्री गर्ने सुरज पुडासैनी ग्राहक नै नभएकाले व्यापार बेहाल भएको बताउँछन्। आज्ञा ट्रेडिङका सञ्चालक पुडासैनीले मन्दीकै कारण कम्प्युटर, ल्यापटपदेखि अरु अधिकांश सामानको बिक्री घटेको बताए।

‘बजार एकदमै खत्तम छ। पीसी, ल्यापटपसहित सूचना प्रविधिसँग सम्बन्धित प्रडक्टको बिक्री निकै घटेको छ। ग्राहक नै छैनन्। मुख्य कुरा भनेको मान्छेहरुले पीसीमा खर्च गरिरहेका छैनन्। मन्दीले हानेको छ व्यापार। आम्दानी खुम्चिएको छ,’ पुडासैनीले बिजमाण्डूसँग भने।

स्रोत : गार्टनर

नयाँ बानेश्वरमा टेक कम्प्युटर कन्सर्न सञ्चालन गरिरहेकाे प्रफुल्ल महर्जनले कम्प्युटरको बिक्री घटेको सुनाए। मासिक किस्ताको सुविधा राख्दासमेत ग्राहक पाउन मुश्किल भएको उनको गुनासो छ।

‘मन्दी छ भनेर किस्ताको सुविधा पनि दिइरहेका छौं। तर, व्यापारमा उत्साह छैन। बजारमा नयाँ प्रडक्ट आइरहेका छन् तर, त्यसलाई किनिदिने ग्राहक छैनन्। अहिले त सञ्चालन खर्च उठाउन पनि ग्राहो भइरहेको छ। पहिला तीनजनालाई काम पनि दिएको थिएँ, अहिले त व्यापार नभएर एक जना सहयोगी मात्रै राख्नुपरेको छ,’ महर्जनले भने।

बजारमा पीसीको बिक्री घटेको भएपनि सरकारी तथ्यांकमा आयात भने बढेको देखिन्छ। भन्सार विभागका अनुसार नेपालमा चीनबाट सबैभन्दा धेरै पीसी भित्रिने गरेको छ। चालु वर्षको पुससम्म ४ अर्ब ५२ करोड रुपैयाँबराबरको ६६ हजा रथान पीसी नेपाल भित्रिएको छ। जसबाट सरकारले ८६ करोड रुपैयाँ राजस्व उठाएको छ। गत वर्ष २०८० को सोही अवधिमा ३ अर्ब ७४ करोड रुपैयाँबराबरको ५८ हजार थान पीसी भित्रिएको थियो।