BIZMANDU
www.bizmandu.com

‘धेरै प्रतिफल खोज्नेका लागि एनएमबि हाइब्रिड एल-२ मा वार्षिक १४.६ प्रतिशत दिन सक्छौं’

२०८१ माघ २५

‘धेरै प्रतिफल खोज्नेका लागि एनएमबि हाइब्रिड एल-२ मा वार्षिक १४.६ प्रतिशत दिन सक्छौं’
‘धेरै प्रतिफल खोज्नेका लागि एनएमबि हाइब्रिड एल-२ मा वार्षिक १४.६ प्रतिशत दिन सक्छौं’


सामूहिक लगानी कोष(म्युचुअल फण्ड) सेयर बजारमा लगानीको एक उपकरण हो। सार्वजनिक निष्कासनबाट पुँजी जुटाएर म्युचुअल फण्डले सेयर बजार, मुद्दती निक्षेप लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन्।

Tata
GBIME
NLIC

सेयर बजारमा संस्थागत लगानीकर्ताको रुपमा म्युचुअल फण्डले लगानी गर्छन्। त्यसबाट मुनाफा कमाएर लगानीकर्तालाई प्रतिफल दिइरहेका हुन्छन्। बजारमा लगानी गर्न चाहने तर जोखिम नलिने लगानीकर्ताको लागि म्युचुअल फण्ड लगानीको उपयुक्त उपकरण हो। उनीहरुले म्युचुअल फण्डमार्फत निश्चित आकारको प्रतिफल पाउँछन्।

एनएमबि क्यापिटलले यस्तै लगानी योजना बजारमा ल्याएको छ। एनएमबि हाइब्रिड फण्ड एल-१ को अवधि सकेर दोस्रो संस्करणको १० वर्षे एनएमबि हाइब्रिड फण्ड एल-२ बिहीबारदेखि निष्कासन गरेको छ। यसै सन्दर्भमा लगानीको नयाँ ठाउँ खोज्ने लगानीकर्ताहरुका लागि म्युचुअल फण्ड कसरी माध्यम बन्न सक्छ? यसमा हुने लगानीको जोखिम, यसबाट प्राप्त हुने प्रतिफल लगायतका विषयमा केन्द्रित रहेर बिजमाण्डूका सुनिल कुँवरले एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपेशकुमार वैद्यलाई सोधे पछिल्लो समय सेयर बजारमा लगानीका उपकरणहरु थपिँदै छन्। म्युचुअल फण्डकै संख्या बढ्दो छ। एनएमबि क्यापिटले पनि अर्को म्युचुअल फण्ड ल्याएको छ। तपाइँले ल्याउनुभएको एनएमबि हाइब्रिड फण्ड एल-२ कस्तो प्रकारको योजना हो?

हामीले पहिले २०१६ मा ल्याएको म्युचुअल फण्ड एनएमबि हाइब्रिड फण्ड एल-१ को प्रतिस्थापन हो-एनएमबि हाइब्रिड फण्ड एल-२। बजारमा म्युचुअल फण्डलाई हेर्ने हो भने उनीहरुको लगानीको उद्देश्य हुन्छ। उसले कसरी लगानी गर्छ भन्ने हो। धेरैजसोले लगानी सेयर बजारको इक्विटीमा केन्द्रित गरेर आएका हुन्छन्।

कुनै-कुनै डेब्टमा लगानी गर्ने उद्देश्यले आएका हुन्छ। तर, लगानीकर्ताको हिसाबले हेर्ने हो भने उनीहरुको जोखिम बहन गर्ने क्षमता फरक-फरक हुन्छ, कोही स्थिर खोज्छन् भने कोही जोखिमयुक्त खोज्छन्।

बजारमा भएका भ्युचुअल फण्डभन्दा एमएमबि हाइब्रिड कसरी फरक हो भने-लगानी उद्देश्यमा नै फरकपन छ। हामीले ६५ प्रतिशतसम्म अधिकतम इक्विटीमा लगानी गर्ने र बाँकी ‘फिक्सस इन्कम सेक्युरिटीज’हरुमा लगानी गर्ने भन्ने हिसाबले आएका हौं। त्यसरी लगानी गर्दा जोखिमलाई कम गरेर लिन सकिने र निरन्तर प्रतिफल दिन सक्छ भन्ने हो।

यसको मुख्य उद्देश्य लगानीकर्तालाई ‘कन्सिस्टेन्ट रिटर्न’ दिने र सोही समयमा ‘इक्विटीको अपसाइड’ पनि दिने भन्ने हो। मुख्य भनेको जोखिमलाई घटाएर उतारचढाव कम गर्ने भन्ने हो। यही उद्देश्यमा एनएमबि हाइब्रिड फण्ड एल-२ आएको छ।

त्यसैले कम जोखिम खोज्ने लगानीकर्ताको लागि यो उपयुक्त हो। वार्षिक रुपमा लाभांश आइरहने र ‘क्यापिटल गेन’ हुने खालको उपकरण हाइब्रिड फण्ड हो। जोखिम र प्रतिफलको हिसाबले बजारमा भएका म्युचुअल फण्डभन्दा यो फरक छ।

लगानीलाई ‘टाइम्ली म्यानेज’ गर्‍यो भने यसले प्रतिफल बढी दिनसक्छ भनेर एउटा उदाहरण भयो त्यो। अर्को इक्विटी रिस्कमा फिक्स सेक्युरिटी इन्कमलाई मिक्स गर्‍यो भने प्रतिफलमा स्थिरता हुन्छ भन्ने कुरा यसले देखाएको थियो। त्यसलाई नै लिएर एल-२ ल्याएका हौं।

एल-१ को कुरा गर्नुभयो। त्यो अनुभव पनि भइसकेको भएर हेर्दा लगानीकर्ताले कति प्रतिफल पाउँछन्?

एनएमबि हाइब्रिड फण्ड-१ को अवधि सात वर्षको थियो। त्यसमा पनि यसले ८५ प्रतिशत जस्तो प्रतिफल कमायो। वार्षिक औसतमा हेर्दा १२ प्रतिशत कमाएको देखिन्छ। त्यही दौरानमा नेप्सेको जुन प्रतिफल थियो-त्यसमा ७/८ प्रतिशत मात्रै योगदान देखिन्छ।

लगानीलाई ‘टाइम्ली म्यानेज’ गर्‍यो भने यसले प्रतिफल बढी दिनसक्छ भनेर एउटा उदाहरण भयो त्यो। अर्को इक्विटी रिस्कमा फिक्स सेक्युरिटी इन्कमलाई मिक्स गर्‍यो भने प्रतिफलमा स्थिरता हुन्छ भन्ने कुरा यसले देखाएको थियो। त्यसलाई नै लिएर एल-२ ल्याएका हौं।

यसमा पनि ३० देखि ६५ प्रतिशतसम्म इक्विटीमा लगानी गर्ने र बाँकी मूल्य हेरेर फिक्स इन्कम सेक्युरिटीजमा लगानी गर्ने भन्ने छ। कुन खालको सेक्युरिटी धेरै सही मूल्यको हुन्छ त्यसमा लगानी गर्छौं। आधार भनेको फिक्सड इन्कम र इक्विटीमा जाने भन्ने हो। जोखिमलाई मिश्रित रुपमा बहन गर्ने र प्रतिफल बढाउने खालको बन्छ।

यसमा हेर्दा औसतमा १० वर्षकै १८ प्रतिशत जस्तो हुन्छ भने वार्षिक १४.६ प्रतिशतको हाराहारीमा प्रतिफल दिन सकिन्छ भनेर हेरेका छौं।

सामान्य लगानीकर्ताले यसमा कसरी लगानी गर्न सक्छन्? उनीहरुले बुझ्ने भाषामा भनिदिनुस्।

म्युचुअल फण्ड आइपीओ जस्तै आउँछ। एनएफओ (न्यु फण्ड अफ रिङ) भन्छौं हामीले। आइपीओ जस्तै आवेदन दिन सकिन्छ मेरो सेयरबाटै। यसको मुख्य फाइदा भनेको थोरै लगानीले पनि विविध ‘पोर्टफोलियो’ को एक्सपोज पाइन्छ। जस्तो कि १०/२० हजार लगानी गर्दा ३०/३५ वटा कम्पनीको एक्सपोज पाउनुहुन्न भने यसबाट त्यसखालको एक्सपोज पाइन्छ। सँगै डिबेन्चरको पनि मिश्रित पाएपछि व्यवस्थित पोर्टफोलियोको हिसाबमा यसको विस्तार हुन्छ।

म्युचुअल फण्डको फाइदा भनेकै यही हो। ठूलो फण्डको एउटा भाग थपिँदा लगानी विविधीकरणको विस्तार पाउन सकिन्छ।

मसँग कुनै आकारको पुँजी छ, त्यसलाई लगानी गर्छु भन्ने हो भने सेयर बजारमा गएर आफैं लगानी गर्ने कि म्युचुअल फण्डको माध्यमबाट लगानी गरेर विविध पोर्टफोलियो बनाउने भन्ने हो। र, जानेबुझेको मान्छेले फण्ड म्यानेज गर्छ भन्ने आफूलाई लाग्यो भने बन्दमुखी योजना सुहाउँदो हुन्छ।

बन्द र खुलामुखी योजनाहरु बजारमा आइरहेका छन्। तपाइँहरुले चाहिँ किन बन्दमुखी फण्डलाई नै छनोट गर्नुभएको हो?

लगानीकर्तालाई हामीले फरक-फरक लगानीको अप्सन दिने हो। बृहत् रुपमा हेर्दा खुलामुखी योजना कस्तो देखिन्छ भने ‘रिकरिङ इन्भेष्टमेन्ट’को रुपमा हामीले हेर्छौं।

कोही मान्छेले महिना/महिनामा वा त्रैमासिक रुपमा व्यवस्थित लगानी योजना (एसआइपी) गर्ने हो भने उसको लागि खुलामुखी योजना बढी सुहाउँदो हुन्छ। कुनै फण्डलाई बजारमा लगाउँ भन्नेहरुका लागि बन्दमुखी योजना नै धेरै उपयुक्त हुन्छ।

बन्दमुखी योजनाको अवधि १० वर्ष हुन्छ। १० वर्षे योजनाअनुसार कुनै लगानी गर्न खोज्नुहुन्छ भने त्यसको लागि बन्दमुखी योजना राम्रो हुने भयो।

मसँग कुनै आकारको पुँजी छ, त्यसलाई लगानी गर्छु भन्ने हो भने सेयर बजारमा गएर आफैं लगानी गर्ने कि म्युचुअल फण्डको माध्यमबाट लगानी गरेर विविध पोर्टफोलियो बनाउने भन्ने हो। र, जानेबुझेको मान्छेले फण्ड म्यानेज गर्छ भन्ने आफूलाई लाग्यो भने बन्दमुखी योजना सुहाउँदो हुन्छ।

एउटा निश्चित पुँजी भएको मान्छेले १० वर्षका लागि लगानी गर्छु भनेर सोच्ने हो भने त्यसको लागि बन्दमुखी योजना उपयुक्त हो।

फेरि लगानीको जोखिमकै कुरा गरौं। यसमा लगानी गर्न चाहनेहरुका लागि लगानीको जोखिम कतिको हुन्छ?

जोखिमको हिसाबले अघि पनि कुरा गर्‍यौं। कुनै म्युचुअल फण्डले सबै इक्विटीमै लगानी गर्छु भन्यो भने उसको जोखिम धेरै हुने भयो, किनभने इक्विटीको उतारचढाव धेरै हुन्छ। अब हामीले ल्याएको यो हाइब्रिड फण्डमा ६५ प्रतिशत इक्विटीमा र बाँकी निश्चित आम्दानी-डिबेन्चर वा मुद्दती निक्षेप (एफडी) भनौंन त्यसमा लगानी गर्ने भएकाले स्थिर प्रतिफल आइरहन्छ।

दुई वटालाई मिश्रित गर्दा अहिले भइरहेको म्युचुअल फण्डको तुलनामा जोखिम कम हुन्छ र त्यही हिसाबमा प्रतिफल पनि औसत हुन्छ। जोखिम लिन नखोज्ने र निरन्तर स्थिर प्रतिफल आइराखोस् भन्ने चाहने लगानीकर्ताहरुका बढी उपयुक्त म्युचुअल फण्ड हो।

विगत केही वर्षदेखि हेर्दा म्युचुअल फण्डसँगै लगानीकर्ताको सहभागिता पनि त्यही अनुसार बढेर आएको छ। यसले लगानी गर्दा बजार बुझ्नुपर्छ भन्ने साक्षरता बढेको देखिन्छ।

यो तरल सम्पत्ति भयो। लगानीकर्ताले चाहेको बेलामा बिक्री गरेर आफ्नो लगानी फिर्ता लिन सक्छन् होइन?

यो स्टक एक्सचेन्जमा सूचीकृत हुन्छ। र, सेयर बजारजस्तै ब्रोकरमार्फत एक्सचेन्जमा कारोबार गर्न सकिन्छ। अहिले बजारमा पनि यसको ट्रेन्ड पनि आइसकेको छ।

म्युचुअल फण्ड पनि सक्रिय रुपमा कारोबार भइरहेको देखिन्छ। त्यसैले कुनै पनि बजारमा किनबेच गर्न गाह्रो हुँदैन। र, कसैले १० वर्ष नै होल्ड गर्छु भन्यो भने १० वर्षकै मुनाफा लिएर पुरै अवधि म्याचुरिटी गर्न पाइयो भने १० वर्षसम्मकै फाइदा लिन सकियो।

म्युचुअल फण्डमा पहिलेको तुलनामा अहिले लगानीकर्ताको सहभागिता कस्तो हुने अपेक्षा गर्नु भएको छ?

म्युचुअल फण्डको विगत हेर्ने हो भने लगानीकर्ताले जति धेरै अवधि भयो त्यति धेरै कसरी राम्रो गर्न सक्छ भन्ने कुरा बुझ्दै गएको देखिन्छ। अहिल्यै पनि आफैंले लगानी गर्नुभन्दा बजार बुझेको मान्छेले कुनै लगानीको सिद्धान्तमा रहेर लगानी गर्छ भने त्यसले धेरै राम्रो गर्छ भन्ने कुरा प्रमाणित हुँदै आएको छ।

विगत केही वर्षदेखि हेर्दा म्युचुअल फण्डसँगै लगानीकर्ताको सहभागिता पनि त्यही अनुसार बढेर आएको छ। यसले लगानी गर्दा बजार बुझ्नुपर्छ भन्ने साक्षरता बढेको देखिन्छ। त्यही कारणले म्युचुअल फण्डमा विस्तारै लगानीकर्ताको चासो बढ्दै गएको छ।

कस्तो खालको इक्विटी छनोट गर्ने भन्नेतिर हेर्दा जसले १० वर्षमा राम्रो मूल्य दिन सक्छ। कहिले बढ्ने कहिले घट्ने स्पेकुलिटीभन्दा पनि मूल्य भएको लगानीमा केन्द्रित हुने भन्ने हुन्छ।

म्युचुअल फण्डबीच नै प्रतिस्पर्धा छ। प्लेयरहरु बढेका छन्। यस्तो अवस्थामा लगानी, प्रतिफलकै सन्दर्भमा रन गर्ने रणनीति पक्कै बनाउनु भएको छ। त्यो चाहिँ भन्दिनुन?

यसमा एकदमै निष्क्रिय पनि होइन, लगातार ट्रेड गर्ने हाम्रो रणनीति हुन्छ। फण्डामेन्टल रुपमा थेसिस बनाएर लगानी गर्छौं, बजारमा यो कारणले अरु प्रतिस्पर्धीभन्दा हामीले फरक गर्न सकिरहेका छौं।

लगानी गर्दा पनि धेरै कुरालाई हेर्छौं। हाम्रोमा म्युचुअल फण्ड नै यति धेरै भइसकेको छैन कि प्रतिस्पर्धा नै हुने किसिमको।आजको दिनमा विगतभन्दा बढेको छ। तर, जीडीपीकै आकारमा हेर्ने हो भने १ प्रतिशत मात्रै छ। जबकी भारतमै हेर्ने हो भने १५ प्रतिशत छ।

त्यही कारण यो खाडल धेरै भएकाले नयाँ नयाँ आउने म्युचुअल फण्डलाई पनि ठाउँ रहन्छ। म्युचुअल फण्डको रणनीति नै हेर्नुभयो भने सबैभन्दा ठूलो कुरा इक्विटीको विस्तार र निश्चित लगानीका माध्यमहरुमा लगानी गर्ने विवरणपत्रमै परिभाषित छ।

जहिले पनि जोखिमलाई कम गर्न ध्यान दिन्छ भन्ने भयो। कस्तो खालको इक्विटी छनोट गर्ने भन्नेतिर हेर्दा जसले १० वर्षमा राम्रो मूल्य दिन सक्छ। कहिले बढ्ने कहिले घट्ने स्पेकुलिटीभन्दा पनि मूल्य भएको लगानीमा केन्द्रित हुने भन्ने हुन्छ।

दोस्रो पाटो बजारको ट्रेन्डअनुसार जाने पनि हुन्छ। मिश्रित रणनीति इक्विटीमा हुन्छ भने फिक्स इन्कममा पनि चक्र छ। कुनै बेला ब्याजदर बढ्छ कुनै बेला घट्छ। बढी भएको बेलामा क्याप्चर गरेर त्यसलाई दीर्घकालीन रुपमा लगानीकर्तालाई प्रतिफल दिने भन्ने हिसाबमा काम गर्ने हो।

जुन बेलामा उपयुक्त मूल्य जहाँ हुन्छ हामी त्यहाँ इन्टर्न गर्छौं। र, त्यहाँबाट भ्यालु लिएर लगानीकर्तालाई दिन्छौं, फण्ड-१ मा यही गरेर राम्रो प्रतिफल दिएका थियौं। त्यो बेलामा १२ प्रतिशतको प्रतिफल दिनु भनेको हाम्रो लागि गर्वको कुरा नै हो-बजार एकदमै उचारचढाव हुँदा समेत प्रतिफल दिन सक्यौं भनेर।

अहिले पनि त्यही हिसाबले जोखिमलाई कम गरेर हाम्रो उद्देश्यअनुसार अधिकतम प्रतिफल दिन सक्छौं भन्नेमा विश्वस्त छौं।

सामान्य मान्छेले बजारमा लगानी गर्दैजाँदा कुन स्टक छनोट गर्ने भन्ने निकै गाह्रो हुन्छ। नयाँ स्क्रिप्ट थपिंदै गर्दा छनोट गर्न झनै कठिन हुँदै जान्छ।

म्युचुअल फण्डप्रति लगानीकर्ताको आकर्षण विगतको तुलनामा बढ्दो छ भन्नुभयो। उनीहरुलाई कसरी तानिरहनु भएको छ?

पहिलो भनेको पर्फर्मेन्स नै हो। हामीले पर्फर्म गरेरै देखाउनुपर्छ। लगानीकर्ताको विश्वसनीयता वृद्धि गर्ने हो। १२ वर्षको इतिहास हेर्दा आफैं लगानी गर्नुभन्दा म्युचुअल फण्डको माध्यमबाट लगानी गर्दा राम्रो गर्दो रहेछ भन्ने परेको छ।

एउटा कुनै संगठित संस्थाबाट लगानी गर्दा राम्रो हुन्छ भन्ने कुरा पुष्टि भएको छ। संस्थाले पर्फर्म गरेपछि लगानीकर्तालाई आकर्षित गर्दै जान्छ। अर्को पाटो म्युचुअल फण्डकै लागि पनि लगानीका उपकरण उपलब्धताको कुरा आउँछ। विस्तारै ट्रेजरीमा लगानी गर्न थालेका छौं। इक्विटीमै पनि डेरिभेटीभ आउन थालेपछि बढी क्षेत्र हुन्छ। सर्टसेलिङको कुरा पनि आएको छ।

बजारमा एकतर्फी मात्रै नभएर दुईतर्फी सर्त हुनुपर्छ भन्ने छ। यी सबैको आधारमा म्युचुअल फण्ड लगानीकर्ताको सहभागिता बढाउन र उचित मूल्य कायम गराउन सक्षम हुन्छ। बजारमा परिवर्तित ट्रेन्डको लागि पनि एउटा विश्वसनीय लगानीको ग्रुप म्युचुअल फण्ड स्थापित हुँदै आएको छ।

त्यसैले, लगानीकर्ताको लागि म्युचुअल फण्ड नै लगानीको माध्यम हुँदै आउँछ जस्तो लाग्छ। किनकी म्युचुअल फण्डले आफ्नो सीप, स्रोत साधन लगाएर लगानी गरिरहेको हुन्छ। लगानीको सिद्धान्तलाई उसले जतिबेला पनि विचार गरिरहेको हुन्छ त्यसैले लगानीको सिद्धान्त परीक्षण गरेरै प्रत्येक बेला हेरिरहेको हुन्छ।

त्यही कारण जसलाई बजारको बारेमा धेरै थाहा छैन, उनीहरुलाई म्युचुअल फण्ड लगानीको लागि सशक्त माध्यम हुन्छ, भइरहेको छ। म्युचुअल फण्ड रन गर्दैगर्दा हामीसँग इतिहास हुँदै गयो। पहिले म्युचुअल फण्ड फाइदा हुन्छ, लगानी गर्नुस् भनेर एप्रोच गर्थ्यौं भने आजको दिनमा १० वर्षमा यति कमाइसक्यौं भनेर देखाउने ठाउँ छ।

लगानीकर्ताहरु जो पहिले सहभागी भएका थिए, उनीहरुले बुझे फाइदा हुने रहेछ भनेर। म्युचुअल फण्ड ग्रो हुँदै जाँदा यस्ता कथाहरु धेरै हुँदै गएपछि मानिसहरु लगानीका लागि विस्तारै आकर्षण हुँदै गइरहेको देख्यौं।

हाइब्रिड फण्ड सुरुमा लिएर आउँदा त्यो नयाँ अवधारणा थियो। त्यतिबेला हाइब्रिडभन्दा कस्तो प्रकारको हो? हाइब्रिड भनेको कुरा मात्रै सुनेका थियौं भन्ने सुनिन्थ्यो। त्यसलाई रन गरिसकेपछि आजको दिनमा हाइब्रिड फण्ड ल्याउँदा एक तहका मानिसले बुझिसक्नु भएको छ जो यसअघि सहभागी हुनुभएको थियो।

पहिले लगानी गर्ने र! भन्नेहरुले आजको दिनमा कतिसम्म गर्ने भनेर सोचेको पाइन्छ। यसले लगानीकर्तालाई म्युचुअल फण्डसँगको विश्वसनीयता वृद्धि गराएर लगानीमा परिचित बनाउँछ हाम्रो अनुभवले यही देखायो।

सेयर बजारमा आइपीओ नै हेर्दा विविधीकरण भइरहेको छ। अहिले सूचीकृत कम्पनीको संख्या बढ्दै गइरहेको छ। सूचीकृत कम्पनीको संख्या वृद्धि हुँदैगर्दा स्टक पिकिङ गाह्रो हुँदै जान्छ। बजारमा अहिले हेर्दा सूचीकृत भएका कम्पनी कुनै एकदमै सस्तो पनि छन् कुनै धेरै महंगो। त्यो विविध खाले स्टक बजारमा पाइन्छ। सामान्य मान्छेले बजारमा लगानी गर्दैजाँदा कुनै स्टक छनोट गर्ने भन्ने निकै गाह्रो हुन्छ। नयाँ स्क्रिप्ट थपिंदै गर्दा छनोट गर्न झनै कठिन हुँदै जान्छ।

त्यसैले सामान्य लगानीकर्तालाई लगानीको लागि यसरी नै लगानी गर्नेभन्दा म्युचुअल फण्डमा हाल्यो भने उहाँहरुले गरिदिन्छन् भन्ने अनुभव भएको छ। धेरैभन्दा धेरै मानिसलाई यो अनुभव भइरहेको छ त्यसले गर्दा नै मानिसलाई म्युचुअल फण्डमै जानुपर्छ भन्ने भएको छ भने यसतिर धेरै सिफ्ट पनि भइरहेका छन्।

अहिले सबै क्यापिटलहरुले म्युचुअल फण्डलाई प्रोत्साहन गर्नुपर्छ भनेर विभिन्न वित्तीय साक्षरताका कार्यक्रमहरु गरिरहेका छन्। हामीले पनि गरिरहेका छौं विभिन्न माध्यमबाट-म्युचुअल फण्ड भनेको केहो? यसका किन लगानी गर्नुपर्छ? जोखिम कस्तो-कस्तो हुन्छ? भन्ने हिसाबले।

म्युचुअल फण्डमै विभिन्न प्रकार छन्- डेब्ट फण्ड, हाइब्रिड फण्ड, इक्विटी फण्ड हुन्छ। यिनीहरुको बारेमा धेरै मानिसलाई बुझाउँदा उनीहरुको प्रतिक्रिया पनि राम्रो आइरहेको छ।

प्रतिफल पहिले मुद्दती निक्षेपले मात्रै दिन्थ्यो भने अहिले यस्ता खालका म्युचुअल फण्डले पनि दिन्छ, डिबेन्चरले पनि दिन्छ भन्ने स्थापित भयो। यस्ता खालका बजारमा विविध उपकरण आइरहेका छन जुन लगानीको अवसर हुन्।

मानिसले लगानीको उपकरण खोजिरहेको हुन्छ। अहिले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा छ। यस्तो अवस्थामा हाइब्रिड फण्ड विकल्प बन्न सक्छ?

हाइब्रिड फण्डले ‘फिक्स इन्कम’ भन्दा राम्रो प्रतिफल दिनुपर्छ। सँगै इक्विटीको जोखिमभन्दा कम पनि हुनुपर्छ भनिरहेका छौं हामीले। यसमा हेर्ने भनेको निरन्तर प्रतिफल हो। औसतमा वार्षिक १४.५ प्रतिशत प्रतिफल दिएको हामीले अघि जुन भन्यौं यो अहिले भएको कुनै पनि निश्चित आम्दानीभन्दा धेरैमाथि हो। यसले फिक्स इन्कममा पनि लगानी गर्ने भएकाले इक्विटीभन्दा कम जोखिम लिन्छ।

फिक्सड इन्कमभन्दा धेरै ब्याज खोज्ने लगानीकर्तालाई राम्रो हुन्छ। इक्विटीमा जोखिम धेरै हुन्छ भनेर नजाने लगानीकर्तालाई पनि लगानीको एउटा राम्रो औजार हुन्छ। सुरुमा हामीले हाइब्रिड ल्याउँदा पनि यही कुरा भएको थियो। सुरुमा ब्याजदर एकदमै घटेको थियो। अहिले एफडीको ४/५ प्रतिशत छ। त्यसैले ब्याजदर साइक्लिकल भइरहेको हुन्छ।

आजको दिनमा ब्याजदर कम भए पनि भोलिको दिनमा बढ्न सक्छ। त्यसैले फण्ड म्यानेजरको हिसाबले हामीले त्यो बेला एलोकेसनको रेन्जलाई हिसाब गरेर निश्चित आम्दानी भएका ठाउँतिर जान्छौं। आजको दिनमा त्यसलाई कम गरेर धेरै इक्विटीतिर जान्छौं ६५ सम्म।

एफडीमा आकर्षक प्रतिफल आए भोलिको दिनमा त्यसतिर केन्द्रित भएर इक्विटीमा ६५ नभएर ५०/४० गर्छौं। यसरी दुईतर्फी हाइब्रिड भन्छौं इक्वीटी र डेब्टको फाइदा लिएर सेयरधनीलाई निरन्तर प्रतिफल दिने प्रयास गर्ने छौं, जुन कुरा हाइब्रिड-१ हुँदा अनुभव गर्‍यौं। र, त्यसै अनुसार अर्को योजनामा ल्याएका हौं।

अहिले आइपीओ र डिबेन्चरमा लगानी गर्न लगानीकर्ताको तँछाड मछाड छ। आवेदन दिनेको भिड नै देखिन्छ। ती मानिसहरुका लागि म्युचुअल फण्ड उपयुक्त विकल्प हुन सक्छ भन्नुभयो। उनीहरु यतातिर सिफ्ट हुन अझै समय लाग्छ?

कुनै बेलामा ११ प्रतिशतको बण्ड पनि बिक्न मुस्किल थियो। १३ प्रतिशतसम्म डिबेन्चर पुगेको थियो। यो चक्र हो। केही समयपछि यो रिभर्स हुन्छ।

त्यसलाई क्यास गर्नु भनेको नै ज्ञान हो। फण्ड म्यानेजरले ग्यादर गरेको त्यो बजारको ज्ञान र ब्याजदर कसरी मुभ भइरहेको छ भन्ने ज्ञानका कारणले हो।

अहिले मुद्दती निक्षेपमा ६ महिनालाई लगानी गर्ने कि १२ महिना वा लामो अवधिको लागि भन्ने महत्त्वपूर्ण हो। पहिले बिक्री नै नहुने डिबेन्चर अहिले विस्तारै सम्पत्तिको हिस्सा हो भन्ने बुझ्न थाले। पहिले बैंक मात्रै होइन, सरकारकै नागरिक बचतपत्र बिक्री हुँदैन थियो जुन उच्च तरल सम्पत्ति हो।

विस्तारै मानिसको सचेतना बढ्दै गयो। हामी जस्ता संस्थाहरुले साक्षरता कार्यक्रमहरु गर्दै गए त्यसैले रिटर्न भनेको सम्पत्ति मात्रै होइन यसमा मैले फिक्स इन्कम पनि हाल्यो भने निरन्तर प्रतिफल आउँछ भन्ने भयो।

निरन्तरता सबैभन्दा महत्त्वपूर्ण कुरा हो। पहिले मुद्दती निक्षेपले मात्रै दिन्थ्यो भने अहिले यस्ता खालका म्युचुअल फण्डले पनि दिन्छ, डिबेन्चरले पनि दिन्छ भन्ने स्थापित भयो। यस्ता खालका बजारमा विविध उपकरण आइरहेका छन जुन लगानीको अवसर हुन्।

बजारको विकास यसरी नै हुने हो, विभिन्न प्रकारका संस्थाहरुले फरकफरक उपकरण ल्याएर आउँदा। अझै पनि कर्पोरेट बण्ड आउनुपर्छ जस्तो लाग्छ बैंक तथा वित्तीय संस्था बाहेकको। आशा गरौं यो पनि कुनै बेला आउला।

त्यस्तो संस्था आउला बजारमा जसले कर्पोरेट बण्ड बेच्न सक्ला। अहिलेको बजार विस्तारै जुन हिसाबले वृद्धि भइरहेको छ त्यसमा सबैभन्दा ठूलो संस्थागत लगानीकर्ता भनेकै म्युचुअल फण्ड हो। म्युचुअल फण्डको संख्या जुन धेरै आउँदै छ भन्नुभयो यसले एउटा असल मानव संसाधन पनि विकास हुँदैछ- जसले बजारलाई प्रोपर्ली विश्लेषण गर्न सकोस्।

यस हिसाबले हेर्दा म्युचुअल फण्डले राम्रो गरेर लगानी व्यवस्थापन गर्न सक्छ र प्रतिफल दिन सक्छ भन्ने ट्रयाक रेकर्ड बनाइसकेको अवस्था हो। यही ट्रयाक रेकर्डमा बसेर हामीले हाइब्रिड फण्डएल-२ ल्याएका छौं। यसमा पनि हामी अस्थिर नएर निरन्तर राम्रो प्रतिफल दिनेमा आशावादी छौं।

बजारको सुन्दरता भनेकै उतारचढाव हो। त्यो भएन भने खरिदबिक्री नै हुँदैन। बजार नै चल्दैचल्दैन। त्यहाँ फरकफरक रणनीति हुन्छ। कसैले सर्टटर्ममा प्ले गर्न खोज्छ, कसैले लामो समयमा। सबै प्रकारका मिश्रित लगानीकर्ताले नै बजारलाई इन्ट्रेष्टिङ बनाउँछ।

चुनौतीको विषयमा यहाँले अघि पनि भन्नुभयो निरन्तरको प्रतिफल र लगानीको रणनीति। ब्याजदरको चक्र हाम्रोमा एकदमै अस्थिर छ। बजारको भोलाटायल पनि त्यस्तै हुने गरेको छ। यस्तो अवस्थामा लगानीकर्तालाई निरन्तरको प्रतिफल कसरी सम्भव हुन्छ?

यसले सन्दर्भ दिन्छ। बजार फल्याट हुने हो भने फण्ड म्यानेजर चाहिंदै चाहिन्न। बजार मुभ हुने भएकाले त्यसलाई हेर्न र अध्ययन गर्नुपर्ने भएकाले साथै बजार कुन दिशामा जान्छ भन्ने विश्लेषण गर्नुपर्ने भएकाले फण्ड म्यानेजर चाहिएको हो। सीप भनेकै यही हो।

यो पूर्णयता लगानीको सीप नै हो। बजारको सुन्दरता भनेकै उतारचढाव हो। त्यो भएन भने खरिदबिक्री नै हुँदैन। बजार नै चल्दैचल्दैन। त्यहाँ फरकफरक रणनीति हुन्छ। कसैले सर्टटर्ममा प्ले गर्न खोज्छ, कसैले लामो समयमा। सबै प्रकारका मिश्रित लगानीकर्ताले नै बजारलाई इन्ट्रेष्टिङ बनाउँछ।

त्यो इन्ट्रेष्टिङमा कसरी इकाईधनीलाई फाइदा दिन सकिन्छ भन्ने विज्ञता चाहिँ म्युचुअल फण्ड म्यानेजरको भयो। त्यसैले हामीले अफर गर्न खोजेको सेवा पनि यही नै हो कि हामीसँग अनुभव छ। बजारलाई हेर्न सक्ने प्राविधिक सीप पनि छ। त्यो अनुभव र सीपलाई यो फण्डमा पनि ल्याउन सक्छौं भन्ने हो।

अहिले भविष्यको कुरा भन्न मात्रै सक्छौं। तर हामीसँग अनुभव भइसकेपछि म्यानेज गर्न सकिन्छ। जस्तो कि हाइब्रिड फण्ड-१ ल्याउने बेलामा दुई पटक बियरिस मार्केट भोग्नु परेको थियो।

सुरुमा बजार १७०० तिर हुँदा ल्याएका थियो त्यो बेला ११०० सम्म घट्यो। त्यसपछि फेरि ३२०० सम्मम गएर २२०० सम्म घट्यो जुनबेला हाइब्रिड फण्ड सकियो।

त्यतिबेला बियरिस ट्रेन्ड भोगेकै हौं। जुन बेला इक्विटी धेरै रिटर्न देख्छौं त्योबेला त्यहाँ लगानी गर्छौं। जुनबेला डिबेन्चर, एफडी लगायतमा धेरै प्रतिफल देखिन्छ त्योबेला त्यहाँ लगानी गर्छौं। त्यसरी व्यवस्थापन गरेर नै हाइब्रिड फण्ड-१ मा औसतमा १२ प्रतिशतको प्रतिफल प्राप्त गर्न सकेका थियौं।

जबकि नेप्सेमा त्यो ७ वर्षको अवधिमा जम्मा नेप्सेमा ७ प्रतिशतको प्रतिफल दियो। हामीले त्यो बेला चुनौतीलाई व्यवस्थापन गर्दै यही अनुभवको आधारमा गर्न सक्यौं।

यही नतिजाले गर्दा एसेट रेटिङमा सबैभन्दा उच्च रेटिङ प्राप्त गर्ने म्यानेजर बन्न सफल भएका छौं। एनएमबि क्यापिटललाई एसेट म्यानेज म्यान्टमा २ रेटिङ छ जुन अहिलेसम्म कुनैको पनि छैन।

भनेपछि सिद्धान्तका आधारमा हामीले निरन्तर प्रतिफल दिइरहेका छौं। लकले मात्रै नभएर एउटा उद्देश्य लिएर लगानीको रणनीतिमा रहेर पर्फर्म गर्दा एक तहको जस्टिफाइ गर्दै आएका छौं। पछिल्लो तीन वर्षदेखि लगातार २ रेटिङ प्राप्त गर्ने व्यवस्थापन एनएमबि क्यापिटल नै हो। हामी यो भनिरहेका छैनौं कि हामीले राम्रो गरिरहेका छौं। कोही मानिस आएर हाम्रो लगानीको रणनीति हेरेर साँच्चै नै सबैभन्दा राम्रो भनिरहेको छ।

सामान्यतया एनएमबि क्यापिटलले पुँजीकरण गर्ने खोजेको भनेको हाम्रो पुरानो बजारलाई बुझ्ने तरिका र अनुभव नै हो। त्यसमा हाम्रो जुन सफल विगत छ, त्यसलाई नै दोहोर्‍याउन सक्छौं यसले लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्छौं।

हाइब्रिड फण्ड भएकाले यसमा हामी जहिले पनि जोखिमलाई कम गर्छौं। निरन्तर प्रतिफललाई प्राथमिकतामा राख्छौं र सँगै इक्विटीको मूल्यलाई पनि घट्न नदिइ क्यापिटल एप्रिसिएसनमा लाग्छौं।