काठमाडौं। शुक्रबार सुनको मूल्य घटेर तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा झरेको छ। बिहीबारका तुलनामा शुक्रबार प्रति तोला ४ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनका तुलनामा १ हजार ६ सय घट्दा बिहीबार प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो। बुधबार १ लाख ६६ हजार ९ सय रुपैयाँ थियो।
गत सोमबारका तुलनामा सुन तोलामा ५ हजार ३ सय रुपैयाँ बढिसकेको छ। गत साताको अन्तिम दिनदेखि सोमबारसम्म भने तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँमा स्थिर रहेर कारोबार भएको थियो।
शुक्रबार चाँदी ५ रुपैयाँ बढेर १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ। बिहीबार प्रति तोला १ हजार ९ सय ८० रुपैयाँ थियो। गत आइतबार कारोबार मूल्य प्रति तोला १ हजार ९ सय १० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा एकै दिन १२.५६ डलरले बढेर शुक्रबार सुन प्रति औंस २८६३.२५ डलर पुगेको छ। चाँदी प्रति औंस ३२.१९ डलरले कारोबार भइरहेको छ।