BIZMANDU
www.bizmandu.com

सानिमा जिआईसीको लाभांश घोषणा, सेयरधनीलाई १५ करोड रुपैयाँ बराबरको प्रतिफल

२०८१ माघ २५

सानिमा जिआईसीको लाभांश घोषणा, सेयरधनीलाई १५ करोड रुपैयाँ बराबरको प्रतिफल
सानिमा जिआईसीको लाभांश घोषणा, सेयरधनीलाई १५ करोड रुपैयाँ बराबरको प्रतिफल


काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ७.५ प्रतिशतले हुने आउने १५ करोड रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन्।

कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३९ प्रतिशतले हुने ७८ लाख ९४ हजार ७३७ रुपैयाँ नगद लाभांश दिने भएको छ।

नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि कम्पनीको लाभांश सेयरधनीले पाउनेछन्।