BIZMANDU
www.bizmandu.com

‘जबरजस्ती करणी मुद्दामा फसाइदिन्छु’ भन्दै १० लाख माग, हनी ट्रयापिङमा संलग्न युवती पक्राउ

२०८१ माघ २४

‘जबरजस्ती करणी मुद्दामा फसाइदिन्छु’ भन्दै १० लाख माग, हनी ट्रयापिङमा संलग्न युवती पक्राउ
‘जबरजस्ती करणी मुद्दामा फसाइदिन्छु’ भन्दै १० लाख माग, हनी ट्रयापिङमा संलग्न युवती पक्राउ


काठमाडौं । हनी ट्रयापिङमा संलग्न भएको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

जबरजस्ती करणीको मुद्दामा फसाई दिन्छु भन्दै २८ वर्षीय अस्मिता आचार्यले एक युवकलाई फसाउन खोजेको प्रहरी अनुसन्धानमा खुलेको छ। इलेक्ट्रिक सामान बनाउने युवकसँग आचार्यले १० लाख माग गरेको र ३ लाख चेक मार्फत भुक्तानी पनि लिएको खुलेको छ।

७ लाख रकम भने एक सातामा दिने गरि अस्मिताले ‘बार्गेनिङ’ गरेको देखिएको छ।

अस्मिताको साथबाट प्रहरीले नबिल बैंकमा आचार्यको नाममा काटिएको ३ लाख रुपैयाँको चेक र एप्पल आइफोनसमेत बरामद गरेको छ।

उनीविरुघ आपराधिक लाभ सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।