काठमाडौं। सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक बिहीबार ११.६४ अंकले घटेर २६९९.८१ विन्दुमा आइपुगेको छ। फाइनान्स बाहेकका उपसमूहले बजार घटाएका हुन्।
फाइनान्सको सूचक १.५८ प्रतिशतले बढेको छ। विकास बैंकको सूचक सर्वाधिक १.५३ प्रतिशतले घटेको छ। १६० कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ। उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो।
७४ कम्पनीका लगानीकर्ताले कमाएका छन्। अपर लोहरे खोलाको मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
बजारमा ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। साहस उर्जाको सर्वाधिक ३१ करोड ३५ लाख र नेपाल रि-इन्स्योरेन्सको २२ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।