काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा ४६.३ प्रतिशतले मुनाफा बढाएको छ।
कम्पनीले पुससम्म ५१ करोड २० लाख ६१ हजार रुपैयाँ नाफा कमाएको हो। माउन्टेन इनर्जीले पोहोर ६ महिनामा ३५ करोड ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
विद्युत बिक्रीबाट हुने आम्दानी ८.५४ प्रतिशतले बढेको छ। यस वर्ष विद्युत बिक्रीबाट कम्पनीले ७९ करोड ८१ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ गरेको थियो।
कम्पनीले बीमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ। कम्पनीको ब्याज खर्च १३ करोड ५९ लाखबाट घटेर १२ करोड ४० लाख कायम भएको छ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ। प्रति सेयर आम्दानी १९.६७ रुपैयाँ छ। प्रति सेयर आम्दानी ३९.३४ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १४७ .६६ रुपैयाँ रहेको छ।