BIZMANDU
www.bizmandu.com

नागरिक लगानी कोषको नाफा १३.९७% ले वृद्धि, ६ महिनामा सवा ६२ करोड खुद नाफा

२०८१ माघ २४

नागरिक लगानी कोषको नाफा १३.९७% ले वृद्धि, ६ महिनामा सवा ६२ करोड खुद नाफा
नागरिक लगानी कोषको नाफा १३.९७% ले वृद्धि, ६ महिनामा सवा ६२ करोड खुद नाफा


काठमाडौं। नागरिक लगानी कोषले चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कोषले यस वर्ष ६ महिनामा आर्जन गरेको मुनाफा गत वर्ष सोही अवधिको तुलनामा १३.५७ प्रतिशत धेरै हो।

Tata
GBIME
NLIC

कम्पनीले पोहोर पुस मसान्तसम्म ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। आम्दानी बढ्दा कोषले खुद नाफा बढाएको हो। यस वर्ष ६ महिनामा कोषले कुल आम्दानी १२.४३ प्रतिशतले बढाएको छ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दा बैंकको ब्याज आम्दानीमा भने १५.७६ प्रतिशत गिरावट आएको छ।

नागरिक लगानी कोषको ६ महिनाको वित्तीय विवरण

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी (रु हजारमा)६४८१७१२५३१३७५०२१.९८
खुद कोष मौज्दात (रु हजारमा)२७३७२०७५१२४०५११३३२१३.८१
जगेडा कोष (रु हजारमा)२८७०८०५९२४४१५४९३१७.५८
लगानी (रु हजारमा)२६४७७७५३८२३५०५०८२११२.६५
मुद्दती निक्षेप (रु हजारमा)१३८१५५९४९१२४९७८०९३१०.५४
ब्याज आम्दानी (रु हजारमा)१९३३७१२२९५५०-१५.७६
कुल आम्दानी (रु हजारमा)१०३९५३५९२४५८६१२.४३
खुद नाफा (रु हजारमा)६२२२८६५४६००२१३.९७
लगानीको प्रतिफल %६.६५९.१-२६.९२
प्रति सेयर आम्दानी (रुपैयाँ)१९.२२०.५५-६.५७
प्रति सेयर नेटवर्थ (रुपैयाँ)१४३.१८१६५.०८-१३.२७