BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा दुई दिनमा ४१०० बढोत्तरी, तोलाको १ लाख ६६ हजार ९०० पुग्यो

२०८१ माघ २३

सुनको मूल्यमा दुई दिनमा ४१०० बढोत्तरी, तोलाको १ लाख ६६ हजार ९०० पुग्यो
सुनको मूल्यमा दुई दिनमा ४१०० बढोत्तरी, तोलाको १ लाख ६६ हजार ९०० पुग्यो


काठमाडौं। सुनको कारोबार मूल्य दुई दिनमै ४ हजार १ सय रुपैयाँ बढेको छ। बुधबार सुनको कारोबार मूल्य तोलाको १ लाख ६६ हजार ९ सय रुपैयाँ पुगेको छ।

Tata
GBIME
NLIC

मंगलबारका तुलनामा सुन तोलामा २ हजार २ सय रुपैयाँ बढेको छ भने चाँदी ४५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबारदेखि सोमबारसम्म प्रति तोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा स्थिर रहेर कारोबार भएको थियो। मंगलबार १ हजार ९ सय रुपैयाँ बढेर तोलाको १ लाख ६४ हजार ७ सय रुपैयाँ भएको थियो।

चाँदी पनि बढेर बुधबार तोलाको १ हजार ९ सय ७५ रुपैयाँ पुगेको छ। मंगलबार प्रति तोला १ हजार ९ सय ३० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य लगातार उच्च भएको छ। सोमबार प्रति औंस २७८०.६६ डलरले कारोबार भएको सुन मंगलबार बढेर २८१९.३ डलर पुगेको थियो। बुधबार अझ बढेर प्रति औंस २८५९.३१ डलर पुगेको छ।

चाँदी प्रति औंस ३२.२९ डलरले कारोबार भइरहेको छ। सोमबार ३०.९१ डलर र मंगलबार प्रति औंस ३१.४८ डलर भएको थियो।