BIZMANDU
www.bizmandu.com

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा पर्‍यो ५.४० गुणा आवेदन, आवेदक ४४ हजार

२०८१ माघ २२

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा पर्‍यो ५.४० गुणा आवेदन, आवेदक ४४ हजार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा पर्‍यो ५.४० गुणा आवेदन, आवेदक ४४ हजार


काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम चरणको आइपीओमा मागको ५.४० गुणा आवेदन परेको छ।

Tata
GBIME
NLIC

इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई २ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गरेकामा १२ लाख १५ हजार ८० कित्ताको लागि आवेदन परेको हो।

सीडीएस एण्ड क्लिरियङका अनुसार ४३ हजार ९९० आवेदकले आवेदन दिएका छन्। इन्स्योरेन्सले पहिलो चरणमा माघ १५ देखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई आइपीओ खुलाएको थियो।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँको आइपीओ निष्कासन गर्दैछ। इन्स्योरेन्सले दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ बिक्री गर्नेछ।

सेबोनबाट माघ ३ गते अनुमति पाएपछि कम्पनीले आइपीओ निष्कासन अघि बढाएको हो। नेपाल बीमा प्राधिकरणबाट २०७९ मंसिरमा लाइसेन्स पाएको कम्पनीले गत वर्षदेखि व्यवसाय गर्दै आएको छ।