BIZMANDU
www.bizmandu.com

नबिल बैंकले कतारमा गर्‍यो ‘घर त नेपाल’ कार्यक्रम, नेपाली श्रमिकलाई डिजिटल सेवाबारे जानकारी

२०८१ माघ २२

नबिल बैंकले कतारमा गर्‍यो ‘घर त नेपाल’ कार्यक्रम, नेपाली श्रमिकलाई डिजिटल सेवाबारे जानकारी
नबिल बैंकले कतारमा गर्‍यो ‘घर त नेपाल’ कार्यक्रम, नेपाली श्रमिकलाई डिजिटल सेवाबारे जानकारी

काठमाडौं। नबिल बैंकले कतारमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामूलक कार्यक्रम गरेको छ। बैंकले १०० भन्दा बढी श्रमिकको सहभागितामा ‘घर त नेपाल’ शीर्षकमा कार्यक्रम गरेको हो।

Tata
GBIME
Nepal Life

कार्यक्रममा बैंकका विभिन्न विभागका प्रतिनिधिले रेमिटेन्स, निक्षेप, डिजिटल बैंकिङ, कर्जा तथा लगानीका साथै वित्तीय सचेतना, वित्तीय सेवाको उपयोग, बचत र लगानीका सम्बन्धमा जानकारी गराएका थिए।

अन्तरक्रियात्मक कार्यक्रममा विदेशबाट फर्किएका युवामा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले ल्याइएको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’बारे पनि जनकारी गराइएको बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले श्रमिकहरुलाई घरमा पैसा पठाउँदा औपचारिक माध्यम प्रयोग गर्न आग्रह गरे। ‘आर्थिक सुरक्षाको लागि प्रवासी नेपालीले रेमिटेन्स सुरक्षितरूपमा औपचारिक बैंकिङ प्रणालीमार्फत पठाउनुपर्छ। यसले तपाइँहरूको मेहनत संरक्षण मात्र हुँदैन, नेपालको आर्थिक स्थायित्वमा महत्वपूर्ण योगदान पुग्नेछ,’ उनले भने।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले देशको अर्थतन्त्रको विकासमा श्रमिकहरुको महत्वपूर्ण योगदान रहेको भन्दै डिजिटल सेवाबारे जानकारी गराउन कार्यक्रम राखेको बताए।

उनले श्रमिकहरुले कतारबाट अनलाइनमार्फत बैंकमा खाता खोल्न, कर्जाका लागि आवेदन दिन तथा बैंकअन्तर्गतका कम्पनीमार्फत एसआईपी, म्युचुअल फण्ड र सेयर बजारमा लगानी गर्न सक्ने पनि बताए।