BIZMANDU
www.bizmandu.com

टेलिकमले व्यावसायिक रुपमा सुरु गर्‍यो भोवाइफाइ सेवा, कति लाग्छ शुल्क ?

२०८१ माघ २२

टेलिकमले व्यावसायिक रुपमा सुरु गर्‍यो भोवाइफाइ सेवा, कति लाग्छ शुल्क ?
टेलिकमले व्यावसायिक रुपमा सुरु गर्‍यो भोवाइफाइ सेवा, कति लाग्छ शुल्क ?


काठमाडौं। नेपाल टेलिकमले भोवाइफाइ सेवा व्यावसायिकरुपमा सुरु गरेको छ। टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार भोवाइफाइ सेवा व्यावसायिक रुपमा सुरु गरेको हो।

Tata
GBIME
NLIC

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सेवा शुभारम्भ गरे। कम्पनीका अनुसार भोवाइफाइ सपोर्ट गर्ने र भोएलटीई सेवा एक्टिभेट भएको जुनसुकै मोबाइल फोनबाट देशभित्र भ्वास तथा एसएमएस सेवा प्रयोग गर्न सकिन्छ।

देश बाहिरबाट वाइफाइ नेटवर्कमार्फत नेपाल टेलिकमकै मोबाइल फोनबाट भ्वास तथा एसएमएस सेवा प्रयोग गर्न सकिन्छ।

हाललाई नेपाल भित्रबाट यो सेवा प्रयोग गर्दा साविक प्याकेजको भ्वाइस/एसएमएस रिसोर्स तथा ‘पे एज यू गो’ बराबर सेवा शुल्क लाग्ने टेलिकमले जनाएको छ।

नेपाल बाहिरबाट सेवा प्रयोग गर्दा इनकमिङ कल नि:शुल्क हुनेछ भने आउटगोइङ कलको प्रति मिनेट ३ रुपैयाँ शुल्क लाग्नेछ।

जीएसएम इन्टरनेसनल रोमिङअन्तर्गत हाल संचालनमा रहेका ‘पे एज यू गो’ डाटा रोमिङ सेवाका साथै ४८ वटा मुलुकमा ३ दिन समयावधि सहितको इन्टरनेसनल रोमिङ डाटा प्याकेज सुरु गरिएको टेलिकमले जनाएको छ। प्याकेज टेलिकमका जीएसएम ग्राहकलाई गिफ्ट दिन मिल्ने सुविधा पनि छ।