BIZMANDU
www.bizmandu.com

गुणस्तर सुधारमा ध्यान दिन टेलिकमलाई एनटीएको निर्देशन, ‘फोन नबुझिने समस्या हटेन’

२०८१ माघ २२

गुणस्तर सुधारमा ध्यान दिन टेलिकमलाई एनटीएको निर्देशन, ‘फोन नबुझिने समस्या हटेन’
गुणस्तर सुधारमा ध्यान दिन टेलिकमलाई एनटीएको निर्देशन, ‘फोन नबुझिने समस्या हटेन’


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल टेलिकमलाई गुणस्तर सुधारमा ध्यान दिन निर्देशन दिएका छन्।

Tata
GBIME
NLIC

टेलिकमको २१औं वार्षिकोत्सव समारोहमा बोल्दै भण्डारीले सेवाको गुणस्तर सुधारका लागि फोरजीको क्षमता र विस्तारमा आक्रामक बन्न निर्देशन दिए।

उनले टेलिकमलाई आवश्यक पर्ने उपकरण आयात र विदेशी मुद्रा सटही सिफारिसलगायत सहजीकरण प्राधिकरणले गरिसकेको बताए।

‘छिनछिनमा फोनकल काटिने, नसुनिने, नबुझिने समस्या भोगिरहेका छौं। यसमा ध्यान दिनुपर्छ। अब त सहजीकरण गरिसकेका छौं। तपाइँहरुले यसलाई उपयोग गरेर फोरजीको क्षमता र गुणस्तरमा काम गर्नुपर्नेछ,’ भण्डारीले भने।

उनले टेलिकमको कस्टमर केयर सेवामा व्यापक सुधारको आवश्यकता औंल्याए। ‘जहाँ गएपनि टेलिकमको कस्टमर केयर सेवाको विषयमा आलोचना सुन्नु परिरहेको छ। तपाइँहरुले आलोचनालाई ध्यान दिएर सेवामा सुधार गर्न आोश्यक छ,’ उनले भने।

उनले फाइभजी छिटोभन्दा छिटो प्रयोगमा ल्याउन टेलिकमलाई आग्रह गरे। उनले देशका मुख्य सहरहरुमा फाइभजी सुरु गर्न सकिने भएकाले लगानी बढाउन आग्रह गरे। उनले त्यसका लागि आवश्यक स्पेक्ट्रम प्राधिकरणले टेलिकमलाई चाहिने बित्तिकै उपलब्ध गराउन सक्ने बताए।