काठमाडौं। नेपाली बजारमा आएका केटीएम ३९० एडभेन्चर र रोयल इन्फिल्ड हिमालयन ४५० नयाँ बाइकहरु हुन्। पावरफुल मोटरसाइकल रोज्नेहरुको छनोटमा पर्ने दुवै मोडलका विशेषताहरू फरक छन्।
केटीएम ३९० एडभेन्चर एक शक्तिशाली र फिचरले भरिएको मोटरसाइकल हो। यो सडक र अफ-रोड दुवैका लागि उपयुक्त छ। रोयल इन्फिल्ड हिमालयन ४५० एक आरामदायी र अफ-रोड-केन्द्रित मोटरसाइकल हो। यो लामो दूरीको यात्राको लागि उपयुक्त छ।
केटीएम ३९० एडभेन्चरमा सिंगल सिलिन्डर लिक्वीड कुल्ड ३९९ सीसी क्षमता इन्जिन छ भने सिंगल सिलिन्डर लिक्वीड कुल्ड ४५२ सीसी क्षमताको इन्जिन हिमालयनमा छ।
यस्तै केटिएम ३९० मा भएको उक्त इन्जिनले ६ हजार ५०० आरपीएममा ३९ एनएम टर्क उत्पादन गर्छ। साथै ८ हजार आरपीएममा ४६ हर्सपावर प्रदान गर्छ।
हिमालयन ४५० मा भएको इन्जिनले भने ५ हजार ५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ भने ८ हजार आरपीएममा ४० हर्सपावर प्रदान गर्छ। यसरी हेर्दा केटीएम ३९० एडभेन्चरले हिमालयन ४५० को इन्जिनले भन्दा ६ हर्सपावर धेरै प्रदान गर्छ। यस्तै केटीएम ३९० को पावर टु वेट रेसियो पनि धेरै छ।
केटीएम ३९० एडभेन्चर रोयल इन्फिल्ड भन्दा १३ केजी हलुका छ।
सिटको उचाइ केटीएम ३९० को ८३० एमएम छ भने हिमालयनको ८२५ देखि ८४५ एमएमसम्मको छ। यस्तै ग्राउन्ड क्लियरेन्स हिमालयन ४५० मा २३० एमएम र केटीएम ३९० को २२७ एमएम मात्रै छ। जुन हिमालयन ४५० मा भन्दा ३ एमएम कम हो।
फ्युल स्टोरेज ट्यांक केटीएममा १४.५ लिटरको छ भने हिमालयन ४५० मा साढे २ लिटर धेरै स्टोरेज क्षमता छ। जसमा १७ लिटर फ्युल स्टोरेज हुन्छ।
यस्तै केटीएम ३९० मा ३२० एमएमको अगाडि र २४० एमएमको पछाडि दुवै डिस्क ब्रेक छन्। हिमालयन ४५० मा अगाडि ३३० एमएम र पछाडि २७० एमएमको डिस्क ब्रेक नै छ।
ट्राभल सस्पेन्सन भने दुवै बाइकमा २०० एमएमको युएसडी फोर्क र २०० एमएमको मोनोशक प्रदान गरिएको छ। साथै टायर साइज पनि उस्तै अगाडि २१ इन्च र पछाडि १७ इन्चको प्रयोग गरिएको छ।
यसैगरी, केटीएम ३९० मा ५ इन्च र हिमालयन ४५० मा ४ इन्चको कलर डिस्प्ले भएको ड्यास छ। यस्तै दुबैमा फोन कनेक्टिभीटी गर्न सकिन्छ। राइडिङ मोडहरुमा केटिएम ३९० मा स्ट्रिट, रेन र अफ-रोड उपलब्ध छ भने हिमालयन ४५० मा ईको, एबिएस अफ ईको, पफ्रमेन्स, पफ्रमेन्स एबीएस अफ रहेका छन्।
केटीएम ३९०९ मा क्रुज कन्ट्रोल उपलब्ध छ भने हिमालयन ४५० मा उक्त सुविधा छैन।