BIZMANDU
www.bizmandu.com

हेटौंडा काठमाडौं रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्‍यो हस्तान्तरण

२०८१ माघ २१

हेटौंडा काठमाडौं रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्‍यो हस्तान्तरण
हेटौंडा काठमाडौं रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्‍यो हस्तान्तरण


काठमाडौं।  बाराको पथलैया, चितवनको ठोरी र मकवानपुरको हेटौंडाबाट काठमाडौंसम्म चल्ने रुटमा ३० वटा विद्युतीय माइक्रो भ्यान थप सञ्चालनमा आएका छन्।

Tata
GBIME
NLIC

यातायात ब्यवसायीहरुको समूह राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवसायी प्रालिलाई शशीला मोटर्सले ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका इभी माइक्रो भ्यान हस्तान्तरण गरेको हो।

बाराको पथलैयामा आयोजित समारोहमा गाडी हस्तान्तरण गर्दै शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बिक्री पछिको सर्भिसलाई सहज बनाउनु प्राथमिकतामा रहेको बताए।

खतिवडाले विद्युतीय सवारी वातावरण मैत्री मात्र नभएर यात्रु र व्यवसायीमैत्री पनि रहेको भन्दै आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले अहिलेको समयमा विद्युतीय गाडी निर्विकल्प रहेको बताए। उनले भने, ‘इभी गाडीहरूले देशको ऊर्जा प्रणालीलाई अझ प्रभावकारी बनाउने र पर्यावरणमैत्री यातायातलाई प्रोत्साहित गर्नेछ, जुन देशको आवश्यकता हो।’