काठमाडौं। कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकले सोमबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा आफ्नो साधारण सभा गरेको हो।
साधारण सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब लगायत वित्तीय विवरण पारित गरेको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
चालु आर्थिक वर्षका लागि वाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ।