काठमाडौं। फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन गर्न फागुन ११ गते साधारण सभा बोलाएको छ।
हाइड्रोपावरले साधारण सभामा कम्पनीको पुँजी संरचना परिवर्तनको प्रस्ताव पेस गर्दैछ। सभाले आयोजना निर्माणको प्रगतिबारे पनि छलफल गर्ने जनाएको छ।