काठमाडौं। चालु आर्थिक वर्ष ६ महिनामा मोदी इनर्जी ३ करोड ३५ लाख रुपैयाँ नोक्सानीमा गएको छ। कम्पनीले गत वर्ष दोस्रो त्रैमासको तुलनामा भने नोक्सानी घटाएको छ।
पोहोर पुसम्म मोदी इनर्जी १९ करोड ८६ लाख रुपैयाँ घाटामा थियो। विद्युत बिक्रीबाट आम्दानी बढेपछि कम्पनी नोक्सानी घटाउन सफल भएको हो। ६ महिनामा कम्पनीले २८ करोड रुपैयाँको विद्युत बिक्री गरेको छ। यो रकम पोहोर ६ महिनाको तुलनामा ६१.४३ प्रतिशत धेरै हो।
कम्पनीको प्रति सेयर आम्दानी २.३२ रुपैयाँ ऋणात्मक छ। प्रति सेयर नेटवर्थ ६३ रुपैयाँ छ।
मोदी इनर्जीको दोस्रो त्रैमासको वित्तीय अवस्था
सूचक | २०८१/८२ | २०८०/८१ | फरक % |
खुद नाफा ( रु हजारमा) | -३३५९० | -१९८६६८ | – |
विद्युत बिक्री आम्दानी (रु हजारमा) | २८६८९५ | १७७७२४ | ६१.४३ |
विद्युत बिक्री खर्च (रु हजारमा) | -१६८६ | -२१८९ | -२२.९८ |
चुक्ता पुँजी (रु हजारमा) | २९००००० | २९००००० | – |
प्रति सेयर आम्दानी (रुपैयाँ) | -२.३२ | -१३.७ | – |
प्रति सेयर नेटवर्थ (रुपैयाँ) | ६३ | ६८.२९ | -७.४४ |