BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा स्थानीय बजारमा सुन आज पनि स्थिर, चाँदीको भाउ भने घट्यो

२०८१ माघ २१

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा स्थानीय बजारमा सुन आज पनि स्थिर, चाँदीको भाउ भने घट्यो
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा स्थानीय बजारमा सुन आज पनि स्थिर, चाँदीको भाउ भने घट्यो

काठमाडौं। सुनको मूल्य दुई दिन यता स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपनि स्थानीय बजारमा स्थिर नै रहँदै सोमबार प्रति तोला १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम छ।

Tata
GBIME
Nepal Life

चाँदीको मूल्य भने लगातार घटिरहेको छ। अघिल्लो दिनको भन्दा चाँदी तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबारका लागि चाँदी प्रति तोला १ हजार ८९५ रुपैयाँ निर्धारण भएको छ। आइतबार चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रति तोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर सोमबार प्रति औंस २७८०.६६ डलरमा आइपुगेको छ। चाँदी प्रति औंस ३०.९१ डलर छ।

आइतबार सुन प्रति औंस २७९८.४९ डलर र चाँदी प्रति औंस ३१.३६ डलर थियो।