काठमाडौं। सानिमा म्युचुअल फण्ड अन्तर्गतको सानिमा फ्लेक्सी फण्डले सार्वजनिक निष्कासन गर्ने भएको छ। खुलामुखी योजना सानिमा फ्लेक्सी फण्डले कुल आकार १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्ने भएको हो।
योजना व्यवस्थापक सानिमा क्यापिटलले फागुन ६ गतेदेखि कुल निष्कासनको ४० प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४ करोड इकाई प्रथम चरणमा बिक्री खुल्ला गर्नेछ।
४ करोड इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रवर्धक सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी २ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ।
प्रति इकाई अंकित मूल्य १० रुपैयाँको दरले न्यूनतम १०० देखि ४० लाख इकाईसम्मका लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
फागुन ११ गतेसम्म इकाई बिक्री खुला रहनेछ। ढिलोमा फागुन २० गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।