BIZMANDU
www.bizmandu.com

बिना दर्ता चलेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी, ‘सूचीकृत गरेर सम्पर्क विन्दु राख्नू’

२०८१ माघ २१

बिना दर्ता चलेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी, ‘सूचीकृत गरेर सम्पर्क विन्दु राख्नू’
बिना दर्ता चलेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी, ‘सूचीकृत गरेर सम्पर्क विन्दु राख्नू’


काठमाडौं। सरकारले नेपालभित्र सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने वा गरेका कम्पनीलाई सूचीकरण हुँदै सम्पर्क विन्दु (पोइन्ट अफ कन्ट्याक्ट) राख्न आग्रह गरेको छ।

Tata
GBIME
NLIC

लोकप्रिय तथा ठूला सामाजिक सञ्जाल सूचीकरण हुन नआएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकाअनुसार सञ्जाल सूचीकरण गरी सम्पर्क विन्दु खटाउन पुन: सूचित गरेको हो।

‘नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने वा गरेका व्यक्ति कम्पनी वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्न तथा नेपालभित्र सम्पर्क बिन्दु (पोइन्ट अफ कन्ट्याक्ट) को व्यवस्थासहित निर्देशिकाको प्रावधानहरुको पालनाको सुनिश्चितता गर्नुहुन सबैमा जानकारी गराइन्छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।

मन्त्रालयले निर्देशिकाअनुसार व्यवस्था पालना नभए सामाजिक सञ्जाल प्ल्याटफर्मलाई सञ्चालनमा रोक लगाउने चेतावनी दिएको छ।

अहिलेसम्म टिकटक, भाइबरलगायतका सामाजिक सञ्जाल नेपालमा सूचीकरणसमेत भएर करको दायरामा आइसकेका छन्। मेटा, एक्स, टेलिग्रामलगायतका सामाजिक सञ्जाल अझै पनि सूचीकृत नभएपछि मन्त्रालयले चेतावनीयुक्त सूचना निकालेको छ।