काठमाडौं। सेयर बजारले हाफ सेन्चुरी हानेको छ। नेप्सले आइतबार कारोबार सुरु भएको १ घण्टा २६ मिनेटमा हाफ सेन्चुरी मारेको हो।
अपराह्न १२.२६ मिनेटमा नेप्से परिसूचक ५०.०३ अंकले बढेर २७०७.८१ विन्दुमा पुगेको छ। नेप्से यसअघि मंसिर २६ गते २७१५ विन्दुमा थियो।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताले शुक्रबार प्रतिनिधि सभाको बैठकमार्फत सरकार २०८४ को चुनावसम्म नढल्ने बताएकाले बजारले त्यसलाई सकारात्मक रुपमा लिएको सेयर ब्रोकरहरुले बताएका छन्।