BIZMANDU
www.bizmandu.com

लिग लिडर रियल मड्रिडलाई हराउँदै स्पानोयल रेलिगेशन क्षेत्रबाट माथि, १७औं स्थानमा उक्लियो

२०८१ माघ २०

लिग लिडर रियल मड्रिडलाई हराउँदै स्पानोयल रेलिगेशन क्षेत्रबाट माथि, १७औं स्थानमा उक्लियो
लिग लिडर रियल मड्रिडलाई हराउँदै स्पानोयल रेलिगेशन क्षेत्रबाट माथि, १७औं स्थानमा उक्लियो

स्पेनिस ला लिगाको लिग लिडर रियल मड्रिड पराजित भएको छ। गएराति आरसीडीई स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली स्पानोयलले मड्रिडलाई १-० गोलअन्तरले हराएको हो।

Tata
GBIME
Nepal Life

खेलको पहिलो हाफ गोरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा मड्रिडले आक्रमण तीव्र पारेको थियो। भिनिसियस जुनियर र किलियएन एम्बाप्पेको पटक पटकको प्रयास विफल भएको थियो। अर्कोतर्फ घरेलु टोलीले काउन्टर अट्याकमा गोल गर्न सफल भयो। स्पानोयललाई जित दिलाउन ८५ औँ मिनेटमा कार्लोस रोमेरोले निर्णायक गोल गरे।

यो जितले रेलिगेशन जोनमा संघर्ष गरिरहेको स्पानोयललाई ठूलो राहत मिलेको छ। स्पानोयल २२ खेलबाट २३ अंक जोड्दै तालिकाको १७ औँ स्थानमा उक्लिएको छ।

हारको बाबजुद रियल मड्रिड अंकतालिकाको शीर्षस्थानमा कायम छ। मड्रिडले २२ खेलबाट ४९ अंक बनाउँदा समान खेल खेलेको एट्लेटिको मड्रिड ४८ अंकसहित दोस्रो स्थानमा छ।

यी दुई भन्दा एक खेल कम खेलेको बार्सिलोना ४२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।