BIZMANDU
www.bizmandu.com

नागरिक एपले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाएको प्रधानमन्त्री ओलीको दाबी

२०८१ माघ १८

नागरिक एपले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाएको प्रधानमन्त्री ओलीको दाबी
नागरिक एपले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाएको प्रधानमन्त्री ओलीको दाबी


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाएको बताएका छन्।

Tata
GBIME
NLIC

शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले शीघ्र सार्वजनिक सेवा र सुशासनका लागि नागरिक एप सुरु गरिएको उनले बताए।

‘यसमा ५० भन्दा बढी सरकारी सेवा आबद्ध छन्। नागरिक एप अहिले नेपालमा सबैभन्दा बढी डाउनलोड हुने नेपाली एपमा पहिलो नम्बरमा छ। हालसम्म ५७ लाख २६ हजार जनाले यसलाई डाउनलोड गरिसकेका छन्,’ ओलीले भने।