काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘ग्रे लिस्ट’मा पर्ने खतरा बढेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको पहिलो हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले देश ‘ग्रे लिस्ट’मा पर्ने खतरा बढेको बताएका हुन्। अघिल्लो सरकारको वेवास्ताको कारण ‘ग्रे लिष्ट’मा पर्ने सम्भावना बढेको बताएका हुन्।
मनि लाउन्ड्रिङको कानुन बनाउँदा ढिलो भएको भन्दै उनले ‘ग्रे लिष्ट’मा पर्न लागेको बताएका हुन्।
‘हाम्रो देश ग्रे लिष्टमा पर्ने खतरा बढेको छ,’ प्रधानमन्त्री ओलीले भने।
फिलिपिन्समा दुई साता अगाडी भएको फेस टु फेस छलफलले पनि नेपाल ग्रे लिष्टमा पर्ने सम्भावानाको संकेत गरेको थियो।फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएस)ले एक वर्षअघि नै नेपालले केही विषयहरुमा सुधार नगरे ‘ग्रे लिस्ट’मा राख्ने चेतावनी दिएको थियो।
नेपाल ग्रे लिस्टमा परेमा- वैदेशिक ऋण, अनुदानका साथै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)समेत प्रभावित हुन्छ। नेपालले विश्वजगतमा वित्तीय हैसियत गुमाउने सम्भावना हुन्छ, जसले गर्दा नेपाली बैंकहरुले खोलेको प्रतिीतपत्र अस्वीकृत हुनसक्छ।
भष्टाचार, हुन्डी, क्रिप्टो कारोबार, राजस्व छलीका घटना नियन्त्रण गर्न नसक्दा नेपाल ग्रे लिस्टमा पर्ने सम्भावना बलियो हुँदै गएको छ। एफएटीएसको फेब्रुअरी १७ देखि २१ सम्म हुने मूल्याङ्कनमा नेपालको लिस्टिङ हुनेछ।