BIZMANDU
www.bizmandu.com

याडियाको नयाँ इलेक्ट्रिक स्कुटर इपोक नेपाली बजारमा, मूल्य २ लाख ३५ हजार, फिचर यस्ता

२०८१ माघ १७

याडियाको नयाँ इलेक्ट्रिक स्कुटर इपोक नेपाली बजारमा, मूल्य २ लाख ३५ हजार, फिचर यस्ता
याडियाको नयाँ इलेक्ट्रिक स्कुटर इपोक नेपाली बजारमा, मूल्य २ लाख ३५ हजार, फिचर यस्ता

काठमाडौं। चिनियाँ दुई पाङ्ग्रे इभी उत्पादक कम्पनी याडियाको नयाँ स्कुटर इपोक नेपाली बजारमा आएको छ। याडियाको आधिकारिक बिक्रेता कुजु नेपालले स्कुटर बिहिबार सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

स्कुटरमा ३००० वाटको ह्वील हब मोटर र ७२ भोल्ट ३८ एम्पियरको ग्राफिनी ब्याट्रीप्याक उपलब्ध छ। यसको ब्याट्रीले १५० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

इपोक स्कुटरमा याडिया कनेक्ट एप सिस्टम, एलईडी लाइट, ७ इन्चको डिजिटल ड्यास बोर्ड, स्मार्ट साइड स्ट्यान्ड, भिजिबलिटी डिस्ट्यान्स लाइट र डबल डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छन्।

स्कुटर १२ डिग्रीको उकालोमा ३० मिनेटसम्म लगातार चलाउन सकिने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ। यसको ग्राउन्ड क्लियरेन्स १७० एमएमको छ। कम्पनीले स्कुटरको ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर वारेन्टी प्रदान गरेको छ।

यसको मूल्य २ लाख ३५ हजार रुपैयाँ तोकिएको छ।