BIZMANDU
www.bizmandu.com

सुन घट्यो चाँदी बढ्यो, सुन तोलामा १०० घट्दा चाँदीको मूल्यमा ३० रुपैयाँ बढोत्तरी

२०८१ माघ १७

सुन घट्यो चाँदी बढ्यो, सुन तोलामा १०० घट्दा चाँदीको मूल्यमा ३० रुपैयाँ बढोत्तरी
सुन घट्यो चाँदी बढ्यो, सुन तोलामा १०० घट्दा चाँदीको मूल्यमा ३० रुपैयाँ बढोत्तरी

काठमाडौं। सुनको कारोबार मूल्यमा बिहीबार सामान्य गिरावट आउँदा चाँदीमा भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा १ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ६० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
Nepal Life

बुधबार सुन एकै दिन तोलामा १ हजार ४ सय रुपैयाँ बढ्दा प्रति तोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बिहीबार प्रति तोला १ हजार ८ सय ८५ रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा २० रुपैयाँ बढ्दा बुधबार प्रति तोला १ हजार ८ सय ५५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा झिनो गिरावट छ। बिहीबार प्रति औंस २७६०.१२ डलरले कारोबार भइरहेको छ।

चाँदीमा सामान्य वृद्धिसहित प्रतिऔंस ३०.८५ डलरले कारोबार भइरहेको छ। बुधबार प्रति औंस ३०.४ डलर थियो।