BIZMANDU
www.bizmandu.com

कांग्रेस मुख्यालयमा स्टार्टअप सम्मेलन, प्रदर्शनीमा साना तथा मझौला व्यवसायीको उत्पादन

२०८१ माघ १६

कांग्रेस मुख्यालयमा स्टार्टअप सम्मेलन, प्रदर्शनीमा साना तथा मझौला व्यवसायीको उत्पादन
कांग्रेस मुख्यालयमा स्टार्टअप सम्मेलन, प्रदर्शनीमा साना तथा मझौला व्यवसायीको उत्पादन


काठमाडौं । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन सुरु भएको छ।

Tata
GBIME
NLIC

सानेपामा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय परिसरमा सम्मेलनले सुरु भएको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सम्मेलन र प्रदर्शनीको शुभारम्भ गरेका हुन्।

भर्खरै व्यवसाय प्रारम्भ गरेका उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवर्धन हुने विश्वास लिएर कार्यक्रम संचालना गरिएको आयोजकले जनाएको छ।

प्रदर्शनी स्थलमा ८० वटा स्टलहरु राखिएका छटन्। दुई दिनसम्म हुने सम्मेलन तथा प्रदर्शनी मा ६ वटा सत्र मार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी विषयगत विज्ञहरू र सरोकारवालहरू बीच छलफल पनि हुनेछ।