BIZMANDU
www.bizmandu.com

टाटा कर्भ इभी एक महिनाभित्र नेपाल आउने, मोटर पावर ९८ किलोवाट, कति पर्ला मूल्य?

२०८१ माघ १६

टाटा कर्भ इभी एक महिनाभित्र नेपाल आउने, मोटर पावर ९८ किलोवाट, कति पर्ला मूल्य?
टाटा कर्भ इभी एक महिनाभित्र नेपाल आउने, मोटर पावर ९८ किलोवाट, कति पर्ला मूल्य?


काठमाडौं। भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सको कर्भ इभी नेपाल आउने निश्चित भएको छ।

Tata
GBIME
NLIC

टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ९८ किलोवाट मोटर पावरको कर्भ इभी ल्याउन लागेको हो।

कम्पनीले ५५ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक भएको भेरियन्ट नेपाल ल्याउन प्रक्रिया अगाडि बढाएको छ। गाडी फेब्रुवरी अन्तिममा नेपाल आउने कम्पनीले जनाएको छ।

मोटर पावर कम भएकाले गाडीको मूल्य ५० लाख रुपैयाँ हाराहारी हुने अनुमान गरिएको छ।

कम्पनीले के ३ गाडी नेपाल ल्याइएको छ। गाडीमा ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यसलाई नेक्सन र कर्भको बीचको मोडलका रुपमा राखिएको छ।