BIZMANDU
www.bizmandu.com

लक्ष्मी ठाकुर सलुन व्यवसाय विस्तारमा, कमलादीमा सञ्चालनमा ल्याए नयाँ आउटलेट

२०८१ माघ १५

लक्ष्मी ठाकुर सलुन व्यवसाय विस्तारमा, कमलादीमा सञ्चालनमा ल्याए नयाँ आउटलेट
लक्ष्मी ठाकुर सलुन व्यवसाय विस्तारमा, कमलादीमा सञ्चालनमा ल्याए नयाँ आउटलेट


काठमाडौं। अढाइ दशकअघि ठमेलबाट सुरु भएको लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोले आफ्नो सञ्जाल बढाएको छ।

Tata
GBIME
NLIC

स्काइवाक टावर परिसरमा करिब ‍‍‍‍‍‍‍५० लाख रुपैयाँ लगानीमा आउटलेट सञ्चालनमा ल्याएको संस्थापक लक्ष्मी ठाकुरले जानकारी दिए।

उनका अनुसार सलुनमा हेयर, नेल, मेकअप, विभिन्न प्रकारका फेसियललगायत महिला र पुरुषका लागि सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध छ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले मंगलबार सलुन उद्घाटन गरे।

ठाकुरले यसअघि महाराजगञ्ज, पुल्चोक र कलंकीको भाटभटेनीमा आउटलेट खोलेका थिए। ठमेलमा खोलेको पहिलो आउटलेट भने अहिले सञ्चालनमा छैन।

ठाकुर उपत्यका बाहिर पनि व्यवसाय विस्तार गर्ने योजनामा छन्।

हेयर एण्ड ब्युटी दुवैमा पोख्त ठाकुरले सौन्दर्य प्रशाधनका सामग्री पनि उत्पादन गर्दै आएका छन्।