BIZMANDU
www.bizmandu.com

बिजमाण्डूका प्रवीण रानाभाटको तस्वीर ‘नेपाली सेना फोटो प्रतियोगिता’मा सर्वोत्कृष्ट घोषित

२०८१ माघ १५

बिजमाण्डूका प्रवीण रानाभाटको तस्वीर ‘नेपाली सेना फोटो प्रतियोगिता’मा सर्वोत्कृष्ट घोषित
बिजमाण्डूका प्रवीण रानाभाटको तस्वीर ‘नेपाली सेना फोटो प्रतियोगिता’मा सर्वोत्कृष्ट घोषित


काठमाडौं । बिजमाण्डूका मल्टिमिडिया पत्रकार प्रवीण रानाभाटले खिचेको फोटो ‘नेपाली सेना फोटो प्रतियोगिता २०८१’ मा सर्वोत्कृष्ट घोषित भएको छ।

Tata
GBIME
NLIC

गैर सैनिक विधातर्फ उनले खिचेको फोटोले पहिलो स्थान हासिल गरेको हो।

प्रधान सेनापति अशोकराज सिग्देलले पत्रकार रानाभाटलाई आज आयोजित समारोहमा ५० हजार नगदसहित सम्मानपत्र र मेडल प्रदान गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा सेनाले गरेको उद्दारको फोटो प्रतियोगितामा गैर सैनिकतर्फ उत्कृष्ट भएको हो। रानाभाटको उक्त फोटो बिजमाण्डूसहित अन्तर्राष्ट्रिय मिडियामा पनि प्रकाशित भएको थियो।

फोटो प्रतियोगितामा प्रथम भएको तस्विर

नेपाली सेनाका गतिविधिमा आधारित फोटो प्रतियोगितामा समावेश थिए। प्रतियोगिता नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आयोजना गरेको हो।

नेपाली सेनाको स्थापनाको २६२ औं वर्षका अवसरमा प्रतियोगिता आयोजना भएको निर्देशनालयले जनाएको छ। यही विधाको प्रतिस्पर्धामा प्रनिसन राजभण्डारी र सरोज बैजु क्रमश: द्वीतीय र तृतीय भएका छन्। उनीहरुले ३५ हजार र २५ हजार नगद सहित पुरस्कार पाएका छन्।

सैनिक विधातर्फ जनसम्पर्क तथा सूचना निर्देशनालयका जम्दार राजीव हेङ्गजु प्रतियोगितामा प्रथम भएका छन्। उनले पनि ५० हजार नगदसहित पुरस्कार पाए। सेनाले प्रतिस्पर्धामा सहभागी फोटो प्रदर्शनीमा समेत राखेको छ।

नागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले पुरस्कृत तस्विरसँगै अन्य तस्विरहरु प्रदर्शनीमा राखिएको छ। माघ १५ गतेदेखि १८ गतेसम्म प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।