BIZMANDU
www.bizmandu.com

बाइडेनको पालामा पक्राउ, ट्रम्पले गरे डिपोर्ट : कुकिज र कफीले आप्रवासीलाई ग्वाटेमालामा स्वागत

२०८१ माघ १५

बाइडेनको पालामा पक्राउ, ट्रम्पले गरे डिपोर्ट : कुकिज र कफीले आप्रवासीलाई ग्वाटेमालामा स्वागत
बाइडेनको पालामा पक्राउ, ट्रम्पले गरे डिपोर्ट : कुकिज र कफीले आप्रवासीलाई ग्वाटेमालामा स्वागत


अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आइरहेका आप्रवासीलाई अहिले धमाधम पक्राउ गरेर ‘डिपोर्ट’ गर्न सुरु गरिएको छ। डोनाल्ड ट्रम्प राष्ट्रपति भएसँगै ‘मास डिपोर्टेसन’ सुरु भएको हो।

Tata
GBIME
NLIC

मध्य अमेरिकी देश ग्वाटेमालाबाट अमेरिका पुगेर अवैध रुपमा बसिरहेका आप्रवासीलाई पनि एकसाथ फिर्ता पठाइएको छ। यसरी फिर्ता पठाइएका आप्रवासीलाई ग्वाटेमालाका उपरराष्ट्रपति केरिन हेरिरा र अन्य अधिकारीले विमानस्थलमा स्वागत गरेका छन्।

फर्काइएका अधिकांश मानिसको अनुहार भने मलिन देखिन्थ्यो।

अमेरिकाबाट फिर्ता पठाइएकाहरुलाई कफी र कुकिज् दिएर विमानस्थलमा स-समान स्वागत गरिएको थियो। उनीहरुलाई विमानस्थलबाट कानुनी प्रक्रिया पूरा गर्न पनि सरल व्यवस्था गरिएको थियो।

अमेरिकाबाट मानिस डिपोर्ट गरेर ग्वाटेमाला पुग्नु नयाँ कुरा भने होइन। तर, यसपटक सैन्य विमानमा ‘अपराधी’ जस्तै व्यवहार गरेर उनीहरुलाई फिर्ता पठाइएको थियो।

यसरी फर्काइएका मध्ये अधिकांशलाई भने जो बाइडेन राष्ट्रपति हुँदा नै पक्राउ गरिएको थियो। प्रक्रिया पूरा गरे पछि ट्रम्प प्रशासनले उनीहरुलाई डिपोर्ट गरेको हो।

यसरी फर्काइएका व्यक्तिहरु फेरि अमेरिका जाने बताइरहेका छन्। कानुनी प्रक्रिया पूरा गरेर होस् या अवैध रुपमा केही फेरि अमेरिका जान चाहन्छन्।

‘यदी म जान सकिन भने म मेरो श्रीमती र सन्तानलाई पठाउने प्रयास गर्छु। त्यो निकै चुनौतीपूर्ण हुनेछ,’ ग्वाटेमाला फर्काइएका एक व्यक्तिले सीएनएनलाई भने।