BIZMANDU
www.bizmandu.com

एनएसीको न्यारोबडी जहाज सि-चेकको मिति सरेको सर्‍यै, ‘स्लट नभएको जानकारी आयो’

२०८१ माघ १५

एनएसीको न्यारोबडी जहाज सि-चेकको मिति सरेको सर्‍यै, ‘स्लट नभएको जानकारी आयो’
Tribhuvan International Airport, plane, airlines photos by Prabin Ranabhat


काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)को ९ एन-एकेडब्लू कलसाइनको न्यारोबडी जहाज सि-चेकको मिति धकेलिएको छ।

Tata
GBIME
NLIC

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सि-चेकका लागि छनोट भएको कम्पनी चिनियाँ कम्पनी चाइना साउदर्नलाई स्वीकृति दिए पनि एनएसीले जहाज लगेको छैन।

चिनियाँ नयाँ वर्षका कारण जहाज सि-चेकको मिति धकेलिएको एनएसीका एक कर्मचारीले जानकारी दिए।

‘चाइना साउदर्नमा सि-चेकका लागि जहाज लान हामी तयारी अवस्थामा छौं। तर उताबाट नयाँ वर्षको रमझममा रहेको र स्लट पनि नभएको जानकारी आएको छ,’ एनएसीका ती कर्मचारीले भने, ‘अब माघ २० गते पठाउने योजना छ।’

एनएसीले सुरुमा पुस २६ गते जहाज पठाउने योजना बनाएको थियो। तर त्यतिखेर चाइना साउदर्नले आफूसँग स्वीकृति नलिएको भनेर प्राधिकरणले अनुमति दिन मानेको थिएन।

एनएसीले साइना साउदर्नलाई प्राधिकरणबाट स्वीकृति दिलाएरछि माघ १३ गते जहाज पठाउने योजना बनाएका उहिले उताका कारण मिति धकेलिन पुगेको हो।

जहाज सि-चेक समयमै नभएकै कारण यतिखेर निगमको विभिन्न अन्तर्राष्ट्रिय गन्तब्यतर्फको उडान प्रभावित हुँदै आएको छ।