काठमाडौं। नेपाली अटो बजारमा विद्युतीय एसयूभीको माग लगातार बढिरहेको छ। यसैलाई ध्यानमा राख्दै गाडी बिक्रेताहरुले एसययूभी सार्वजनिक गरिरहेका छन्।
महिन्द्राले अटो एक्स्पोमा बीई ६ को मूल्य घोषणा गरेको छ। यसले बजारमा टाटा कर्भ ईभीसँग प्रतिस्पर्धा गर्ने देखिन्छ। डिजाइन, फिचर र ब्याट्रीका हिसाबले महिन्द्र बीई ६ र टाटा कर्भ ईभीमा कुन इलेक्ट्रिक एसयूभी कस्तो छन् त?
ब्याट्री र रेन्ज
बीई ६ महिन्द्राले इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा लन्च गरेको छ। यो गाडी दुईटा ब्याट्री प्याकको विकल्पमा ल्याइएको छ। यसको बेस भेरियन्ट प्याक वनमा कम्पनीले ५९ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री उपलब्ध गराएको छ। गाडी एक पटकको फुल चार्जमा ५५७ किलोमिटरसम्म चलाउन सकिन्छ।
यसमा जडान गरिएको मोटरबाट १७९ किलोवाटको पावर र ३८० न्यूटन मिटरको टर्क उत्पादन हुन्छ। यसमा रिजेन ब्रेकिङ सिस्टम पनि छ जसले दायरा बढाउन मद्दत गर्छ।
यस्तै टाटा कर्भ इभीमा ४५ र ५५ किलोवाट आवर(युनिट) क्षमताका ब्याट्री विकल्प छन्। लङ रेन्ज ५५ किलोवाट आवर क्षमताको भेरियन्टले फुल चार्जमा ५८५ किलोमिटर र ४५ किलोवाट आवर क्षमताको ब्याट्रीले ५०२ किलोमिटरको रेन्ज दिन्छ। ७० किलोवाटको चार्जरबाट १० देखि ८० प्रतिशत मात्र ४० मिनेटमा चार्ज गर्न सकिन्छ।
अन्य फिचर
महिन्द्राको बीई ६ मा धेरै उत्कृष्ट सुविधा छन्। यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, दुईटा १२.३ इन्च स्क्रिन छन्। जसमध्ये एउटा इन्स्ट्रुमेन्ट क्लस्टरको रूपमा र अर्कोलाई इन्फोटेनमेन्ट सिस्टमको रूपमा प्रयोग गरिन्छ।
गाडीमा एलईडी डीआरएल, टर्न इन्डिकेटर, १८ इन्चको अलोय ह्वील भएको टायर, ६ स्पिकर अडियो सिस्टम, ओटीए अपडेट, वायरलेस एन्ड्रोइड अटो, एप्पल कार प्ले, पुस बटन स्टार्ट, टिल्ट र टेलिस्कोपिक स्टेयरिङ ह्वील, टाइप सी चार्जिङ पोर्ट, क्रुज कन्ट्रोल, मल्टी ड्राइभ मोड, अटो एसी, अटो हेडल्याम्प, अटो वाइपर, कन्सोल कुलिङ स्टोरेज जस्ता फिचर छन्।
१८ इन्च अलोय ह्वील भएको टायर बाहेक टाटा कर्भ इभीमा ४५० एमएम वाटर वेडिङ क्षमता, फ्लस डोर ह्यान्डल, कनेक्टेड एप, एलईडी लाइट, भेन्टिलेटेड सिट, मल्टी ड्राइभ मोड, एम्बियन्ट लाइट, पानोरामिक सनरुफ, पावरेड टेलगेट विथ जेस्टर एक्टिभेसन, क्रुज कन्ट्रोल, एयर प्युरिफायर, रेन सेन्सिङ वाइपर, कुल्ड ग्लोभ बक्स जस्ता फिचर छन्।