काठमाडौं। सुनचाँदीको कारोबार मूल्यमा गिरावट छ। अघिल्लो दिनका तुलनामा मंगलबार सुन तोलामा ९ सय र चाँदी १५ रुपैयाँ घटेको हो। सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५९ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि साताको पहिलो दिनका तुलनामा ३ सय रुपैयाँ घट्दा सोमबार प्रति तोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन प्रति तोला १ लाख ६० हजार ६ सय रुपैयाँ थियो।
चाँदीको मूल्य पनि ओरालो लागेको छ। १५ रुपैयाँले घटेर मंगलबार प्रति तोला १ हजार ८सय ३५ रुपैयाँ भएको छ। सोमबार चाँदी तोलाको १ हजार ८ सय ५० रुपैयाँ थियो।
दुई दिनदेखि चाँदीको मूल्य तोलामा १५ रुपैयाँको दरले घटिरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै प्रति औंस २७४०.८६ डलरमा आइपुगेको छ। चाँदी प्रतिऔंस ३०.०९ डलर छ। सोमबार सुन प्रति औंस २७५७.२८ डलर र चाँदी ३०.३ डलरले कारोबार भएको थियो।