BIZMANDU
www.bizmandu.com

एनआरएन इन्फ्रास्ट्रक्चरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै, बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट

२०८१ माघ १५

एनआरएन इन्फ्रास्ट्रक्चरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै, बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट
एनआरएन इन्फ्रास्ट्रक्चरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै, बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट


काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

Tata
GBIME
NLIC

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रयोजनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

एनआरएनको पुस १२ गतेको साधारण सभाले तत्काल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता सेयर संख्याको शतप्रतिशत हकप्रद निष्कासनको निर्णय गरेको हो।

कम्पनीले गत वर्षको मुनाफाबाट ६ करोड ११ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुर्‍याएको छ।