काठमाडौं। हिमालयन लघुवित्तले खुद नाफा बढाएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले खुद नाफा ३९५.६८ प्रतिशत बढाएको हो।
ब्याज आम्दानीसँगै फि-कमिसन बढ्दा नाफा वृद्धि भएको हो। पुस मसान्तसम्म लघुवित्तले २ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। पोहोर यसै अवधिमा लघुवित्तले ५२ लाख ५८ हजार रुपैयाँ नाफा गरेको थियो।
लघुवित्तको प्रोभिजनिङ भने बढेको छ। लघुवित्तले १ करोड १७ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ।
लघुवित्तको खुद ब्याज आम्दानी ३०.७१ प्रतिशतले बढेको छ।
खराब कर्जा ३.५९ प्रतिशतबाट बढेर ५.६२ प्रतिशत पुगेको छ। लघुवित्तको प्रति सेयर आम्दानी १६.३० रुपैयाँ र प्रति सेयर नेटवर्थ १३२.३७ रुपैयाँ छ। पुस मसान्तसम्म लघुवित्तको वितरणयोग्य नाफा २९ लाख ६० हजार ऋणात्मक छ।