BIZMANDU
www.bizmandu.com

सोनाम ल्होछारको अवसरमा शीतल निवासमा राष्ट्रपतिद्वारा पूजापाठ, टुँडिखेलमा साँस्कृतिक प्रस्तुति

२०८१ माघ १४

सोनाम ल्होछारको अवसरमा शीतल निवासमा राष्ट्रपतिद्वारा पूजापाठ, टुँडिखेलमा साँस्कृतिक प्रस्तुति
सोनाम ल्होछारको अवसरमा शीतल निवासमा राष्ट्रपतिद्वारा पूजापाठ, टुँडिखेलमा साँस्कृतिक प्रस्तुति


काठमाडौं। तामाङ समुदायले तीन दिनसम्म विभिन्न कार्यक्रम गरि सोनाम ल्होछार मनाउने भएका छन्। ड्रुल(ड्र्यागन) वर्ग पुरा गरि यही माघ १७ गतेबाट डुल(सर्प) वर्ग सुरु हुँदैछ।

Tata
GBIME
Nepal Life

राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिका संयोजक मोहन गोलेका अनुसार मंगलबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा पूजापाठ आयोजना हुँदैछ।

‘माघ १५ गते बिहान ८ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा ताम्बा, लामा र बोम्बोद्वारा पूजापाठ र शुभकामना आदानप्रदान गरिने कार्यक्रम छ,’ संयोजक गोलेले भने।

उक्त अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायका विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

माघ १५, १६ र १७ गते काठमाडौंको टुँडिखेलमा मूल आयोजक समितिले विभिन्न कार्यक्रम आयोजना गर्दै उत्सव मनाउने तयारी गरेको छ। माघ १६ गते टुँडिखेलमा ‘ल्होछार इभ’ कार्यक्रम हुने आयोजकले जनाएको छ।

यसैगरि माघ १७ गते ताम्बा, लामा, बोम्बोले झाँकी प्रदर्शन गर्दै टुँडिखेल परिक्रममा गर्ने र दिउँसो १ बजे मुल कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा राष्ट्रिय घेदुङका महासचिव प्रवीन वलको संयोजकत्वमा झाँकी र्‍याली हुने आयोजकले जनाएको छ। ु

कार्यक्रमको प्रमुख अतिथिका रुपमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा उपस्थित हुनेछन्। उक्त दिन विभिन्न साँस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ।