BIZMANDU
www.bizmandu.com

सम्पत्ति शुद्धीकरण निवारणका लागि छुट्टै शाखा स्थापना गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

२०८१ माघ १४

सम्पत्ति शुद्धीकरण निवारणका लागि छुट्टै शाखा स्थापना गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
सम्पत्ति शुद्धीकरण निवारणका लागि छुट्टै शाखा स्थापना गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमा क्षेत्रमा हुन सक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि इन्स्योरेन्स कम्पनीहरुले छुट्टै शाखा स्थापना गर्नुपर्ने बताएका छन्।

Tata
GBIME

प्राधिकरणमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कार्य गर्ने गरी प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको र इन्स्योरेन्सलाई पनि निर्देशन दिएको जानकारी दिए।

‘बीमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बीमा प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको छ। बीमा कम्पनीहरूलाई समेत यस सम्बन्धी कार्य गर्ने गरी छुट्टै शाखा स्थापना गर्न निर्देशन भइसकेको छ,’ उनले भने।

इन्स्योरेन्स कम्पनीलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी आवश्यक प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको उनले बताए।

जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका अधिकारीहरु सहभागी कार्यक्रममा दाहालले सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बीमा क्षेत्रको पनि भएकाले जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए।