BIZMANDU
www.bizmandu.com

नेप्से १०.४१ अंकले घट्दा फाइनान्समा पहिरो, ९ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच

२०८१ माघ १३

नेप्से १०.४१ अंकले घट्दा फाइनान्समा पहिरो, ९ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच
नेप्से १०.४१ अंकले घट्दा फाइनान्समा पहिरो, ९ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच


काठमाडौं। सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। साताको पहिलो दिन आइतबार नेप्से १०.४१ अंकले घटेको छ।

Tata
GBIME
NLIC

विकास बैंक, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र अन्यबाहेकका उपसमूहले नेप्से २६४३.९३ विन्दुमा झारेका हुन्।

फाइनान्सको सूचक सबैभन्दा धेरै ४.७६ प्रतिशतले ओरालो लागेको छ। ११६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। उपकार लघुवित्त माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बोटलर्स नेपाल बालाजु लगायत चार कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। १५ वटै फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन्। जानकी फाइनान्सको सेयरमा नेगेटिभ सर्किट लागेको छ।

नेप्सेमा गिरावट आउँदा कारोबार रकम भने बढेको छ। आइतबार ९ अर्ब १२ करोड ८६ लाख रुपैैयाँको सेयर किनबेच भएको छ।