BIZMANDU
www.bizmandu.com

माघ १६ र १७ गते ‘नेपाल स्टार्ट-अप साना तथा मझौला सम्मेलन’ गर्दै नेपाली कांग्रेस

२०८१ माघ १२

माघ १६ र १७ गते ‘नेपाल स्टार्ट-अप साना तथा मझौला सम्मेलन’ गर्दै नेपाली कांग्रेस
तस्बिर : रासस।


काठमाडौं। नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्ट-अप साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ।

Tata
GBIME
NLIC

साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले कांग्रेसले सम्मेलन गर्ने भएको हो।

पार्टी केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरूका लागि सम्मेलन परिचयात्मक कार्यक्रम हुने जानकारी दिँदै युवाहरूलाई उमशीलतामा प्रोत्साहन गर्न सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरिन्।

नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण, स्टार्ट-अपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा महिलाहरू र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। सानेपास्थित पार्टी कार्यालयमा हुने सम्मेलनमा ८० भन्दा बढी स्टल रहने र ६ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। रासस