BIZMANDU
www.bizmandu.com

आजको मौसम : कोशीका तराईमा मन्द शीतलहर, आइतबारदेखि सुधार आउने

२०८१ माघ १२

आजको मौसम : कोशीका तराईमा मन्द शीतलहर, आइतबारदेखि सुधार आउने
कैलालीको घोडाघोडी नगरपालिकामामा बाक्लो हुस्सुकाबिच गन्तव्यतर्फ जाँदै गरेका साइकलयात्री । बाक्लो हुस्स र कुहिरोले यहाँको जनजीववन प्रभावित भएको छ । तस्बिर ः ईन्द्राकुमारी केसी / रासस


काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था छ।

Tata
GBIME

बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ। पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

कोशी प्रदेशका तराईको भूभागमा शीतलहर आइतबारसम्म रहनसक्ने सम्भावना छ। मधेस प्रदेसको पश्चिमी भूभागसँगै अन्य प्रदेशका तराई भूभागमा मध्यान्हपछि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।