BIZMANDU
www.bizmandu.com

अवैधरूपमा डलर भित्र्याउने गिरोह भियतनामी प्रहरीको कारबाहीमा, रकम १ अर्ब २० करोड डलर

२०८१ माघ १०

अवैधरूपमा डलर भित्र्याउने गिरोह भियतनामी प्रहरीको कारबाहीमा, रकम १ अर्ब २० करोड डलर
अवैधरूपमा डलर भित्र्याउने गिरोह भियतनामी प्रहरीको कारबाहीमा, रकम १ अर्ब २० करोड डलर


हनोइ। भियतनाम प्रहरीले बाहिरी मुलुकबाट १ अर्ब २० करोड डलर बराबरको अवैध रकम ल्याउने पाँच जनालाई पक्राउ गरी कारबाही गरेको छ। सन् २०२२ देखि २०२४ सम्म बैंक कर्मचारीसहितको गिरोहले परिचयपत्र र बैंक छाप जालसाजी गरी १८७ व्यवसाय स्थापना गरी ६ सयभन्दा बढी कर्पोरेट बैंक खाता खोलेका थिए।

Tata
GBIME
NLIC

यी खाताहरू विदेशमा धोखाधडी वा जुवाको माध्यमबाट प्राप्त गरिएको पैसा स्थानान्तरण र वैधानिक बनाउन प्रयोग गरिएको थियो। प्रहरीका अनुसार उनीहरूको कुल लेनदेन करिब १ अर्ब २० करोड डलर (३० हजार अर्ब डोङ) थियो। एक बैंक कर्मचारीसहित पक्राउ गरिएकाहरू डानाङमा थिए।

प्रहरीले यो मध्य तटीय सहरमा सार्वजनिक भएको सबैभन्दा ठूलो अवैध सम्पत्ति कारोबार सम्बन्धी मुद्दा भएको बताएको छ । प्रहरीले गिरोहबाट १२२ वटा नक्कली छाप र ४० वटा व्यापार दर्ता प्रमाणपत्रका मूल प्रतिलिपिहरू जफत गरेको छ।

गत अक्टोबरमा भियतनामी व्यापारी ट्रुओङ माई लानलाई मनी लन्ड्रिङको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो। यद्यपि उनले फैसला पुनरावलोकनका लागि पुनरावेदन गरेकी छन्। प्रोपर्टी डेभलपर उनलाई पहिले नै छुट्टै मुद्दामा २७ अर्ब डलरको ठगीका लागि मृत्युदण्डको सजाय सुनाइएको थियो।- एएफपी/रासस