BIZMANDU
www.bizmandu.com

बजारमा लगानी गर्ने ठाउँ खोजी, आईसीएफसीको ऋणपत्रमा २ दिनमै मागभन्दा धेरै आवेदन

२०८१ माघ १०

बजारमा लगानी गर्ने ठाउँ खोजी, आईसीएफसीको ऋणपत्रमा २ दिनमै मागभन्दा धेरै आवेदन
बजारमा लगानी गर्ने ठाउँ खोजी, आईसीएफसीको ऋणपत्रमा २ दिनमै मागभन्दा धेरै आवेदन


काठमाडौं। आईसीएफसी फाइनान्सको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको छ। फाइनान्सले ऋणपत्र बिक्रीमा ल्याएको दुई दिनमा २ दिनमै मागभन्दा धेरै आवेदन परेको हो।

Tata
GBIME
NLIC

कम्पनीले एक हजार रुपैयाँ अंकित दरका ३ लाख कित्ता ऋणपत्र निष्काशन गरेकामा ३ लाख ३ हजार ८१२ कित्ताका लागि आवेदन परेको छ। ऋणपत्रमा आवेदन दिने म्याद माघ १३ गतेसम्म छ।

फाइनान्सले ७ वर्ष अवधिका लागि वार्षिक ९ प्रतिशत ब्याजदर दिने गरी ‘९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गरेको छ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम १ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल छ।