BIZMANDU
www.bizmandu.com

भृकुटीमण्डपमा पश्मिना इन्टरनेसनल एक्स्पो सुरु, ५ करोडको कारोबार गर्ने लक्ष्य

२०८१ माघ १०

भृकुटीमण्डपमा पश्मिना इन्टरनेसनल एक्स्पो सुरु, ५ करोडको कारोबार गर्ने लक्ष्य
भृकुटीमण्डपमा पश्मिना इन्टरनेसनल एक्स्पो सुरु, ५ करोडको कारोबार गर्ने लक्ष्य

काठमाडौं। मेक इन नेपाल एक्स्पो २०२५ र नेपाल पश्मिना इन्टरनेसनल एक्स्पो २०८१ आज सुरु भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक्स्पोको उद्घाटन गरेका छन्।

Tata
GBIME

एक्स्पो भृकुटीमण्डपमा तीन दिनसम्म चल्नेछ। पश्मिना र नेपाली उत्पादनलाई प्रोत्साहन तथा बजारीकरण गर्न एक्स्पो आयोजना गरिएको अध्यक्ष लामिछानेले बताए।

एक्स्पोमा १०० भन्दा बढी स्वदेशी उत्पादनका स्टल छन्। ४० भन्दा बढी पश्मिनाका स्टलमा एक हजारभन्दा धेरै थरीका सामान पाइन्छ।

एक्स्पोमा ३ हजारदेखि ६० हजारसम्मका पस्मिनाका सामान उपलब्ध छन्। एक्स्पो संचालनको अवधिभर १० हजार मानिसले भ्रमण गर्ने अनुमान आयोजकको छ।

कृषिजन्य स्वदेशी उत्पादनहरू पनि एक्स्पोमा राखिएका छन्। हस्तकला तथा घरेलु उद्योगहरू र हर्बलका उत्पादनहरू पनि छन्। त्यस्तै, नेपाली गलैंचा तथा कार्पेट र नेपाली रैथाने खाना परिकारहरू पनि यहाँ पाइन्छ।

नेपालमा पस्मिना उद्योगले वार्षिक ३ अर्बको कारोबार हुने गरेको छ।

एक्स्पोमा पश्मिनाको फेसन सो र प्रत्यक्ष पश्मिना निर्माण प्रदर्शनी हुनेछ। एक्स्पोमा करिब ४ देखि ५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने बताए।