BIZMANDU
www.bizmandu.com

सुनचाँदी बजार : सुनको मूल्य तोलामा चार सय घट्दा चाँदीमा २० रुपैयाँ गिरावट

२०८१ माघ १०

सुनचाँदी बजार : सुनको मूल्य तोलामा चार सय घट्दा चाँदीमा २० रुपैयाँ गिरावट
सुनचाँदी बजार : सुनको मूल्य तोलामा चार सय घट्दा चाँदीमा २० रुपैयाँ गिरावट


काठमाडौं। लगातारको बढोत्तरीमा ब्रेक लाग्दै बिहीबार सुन तोलामा चार सय रुपैयाँ घटेको छ भने चाँदी २० रुपैयाँ सस्तिएको छ। सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५९ हजार ६ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

यसअघि एकैदिन १ हजार ९ सय रुपैयाँ बढेर बुधबार प्रति तोला १ लाख ६० हजार रुपैयाँ भएको थियो। मंगलबार तोलाको १ लाख ५८ हजार १ सय रुपैयाँ थियो।

चाँदी गत मंगलबारको भाउमा फर्किएको छ। अघिल्लो दिनका तुलनामा २० रुपैयाँ बढेर बुधबार तोलाको १ हजार ८ सय ९५ रुपैयाँ भएको थियो। २० रुपैयाँ घटेर बिहीबार प्रति तोला १ हजार ८ सय ७५ रुपैयाँ भएको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार बढेर प्रतिऔंस २७५१.४६ डलर रहेको सुन बिहीबार सुन प्रति औंस २७५१.९४ डलरले कारोबार भइरहेको छ।

प्रति औंस ३०.९२ डलर पुगेको चाँदी बिहीबार घटेर ३०.६५ डलर भएको छ।