BIZMANDU
www.bizmandu.com

आन्तरिक राजस्व विभागको सिष्टममा छिरेर करोडौंको गडबढ, कुनै फर्ममा करोडसम्म राजस्व घटाए कसैको बढाए

२०८१ माघ ९

आन्तरिक राजस्व विभागको सिष्टममा छिरेर करोडौंको गडबढ, कुनै फर्ममा करोडसम्म राजस्व घटाए कसैको बढाए
आन्तरिक राजस्व विभागको सिष्टममा छिरेर करोडौंको गडबढ, कुनै फर्ममा करोडसम्म राजस्व घटाए कसैको बढाए


काठमाडौं। आन्तरिक राजस्व अनुसन्धान विभागको आन्तरिक प्रणालीभित्र अनधिकृत व्यक्ति छिरेर राजस्व रकममा ठूलो हेरफेर गरेको पाइएको छ।

Tata
GBIME
NLIC

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गरेको गोप्य अनुसन्धानमा राजस्वको साइटमा छिरेर राजस्व रकममा ठूलो चलखेल गरेको पाइएको छ। विभिन्न फर्महरूको तिर्नुपर्ने राजस्व घटबढ गरेको अनुसन्धानमा देखिएको एक प्रहरी अधिकृतले जानकारी दिए।

‘कुनै फर्मको तिर्नुपर्ने राजस्व ६ करोड भए १३ करोड बनाएको पाइयो,’ ती अनुसन्धान अधिकृतले भने।

प्रहरीले केही दिनको अनुसन्धानपछि घटनामा संलग्न दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेहरूमा सन्तोष पराजुली र पुरिन पाण्डे रहेका छन्। उनीहरु चितवनमा रहेको अडिट फर्मका कर्मचारी हुन्। घटनामा अन्यको पनि संलग्नता भएको देखिएकाले प्रहरीले खोजी गरिरहेको छ।

जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। प्रहरीले पक्राउ परेका दुई जनालाई चितवनको भरतपुरबाट दुई दिनअघि ल्याएको हो।

‘साइटमा सन् २०११ देखि पासवर्डसमेत परिवर्तन गरेको देखिएन। विभागको लापरबाही देखिन्छ,’ ती अनुसन्धान अधिकृतले सुनाए।

पक्राउ परेका व्यक्तिहरू अडिट फर्मका भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरीले अन्य फर्मको पनि रकम गढबढ भएको हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेको छ।