BIZMANDU
www.bizmandu.com

आयन भीका दुई भेरियन्ट नेपालमा औपचारिक रूपमा सार्वजनिक, मूल्य ६५ लाखदेखि ७० लाखसम्म

२०८१ माघ ९

आयन भीका दुई भेरियन्ट नेपालमा औपचारिक रूपमा सार्वजनिक, मूल्य ६५ लाखदेखि ७० लाखसम्म
आयन भीका दुई भेरियन्ट नेपालमा औपचारिक रूपमा सार्वजनिक, मूल्य ६५ लाखदेखि ७० लाखसम्म


काठमाडौं। सीजी मोटर्सले चिनियाँ गाडी आयन भीलाई नेपाली बजारमा भित्र्याएको छ। काठमाडौंको ह्यात रेजेन्सीमा आयोजित विशेष कार्यक्रममा चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाण कुमार चौधरीले उक्त गाडी सार्वजनिक गरेका हुन्।

Tata
GBIME
NLIC

कार्यक्रममा आयनका प्रमुख पदाधिकारीहरू पनि उपस्थित थिए। जसमा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङ लगायत छन्।

कम्पनीका अनुसार दुई भेरियन्टमा उपलब्ध आयन भीले प्रत्येक यात्राका लागि उत्कृष्ट प्रदर्शन, आरामदायी सुविधाहरू प्रदान गर्दछ।

एलाइट भेरियन्टले ५२० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यो ६२.७ किलोवाट आवर क्षमताको म्यागजिन ब्याट्रीबाट संचालित छ।

लामो यात्रा चाहनेहरूका लागि लक्जरी भेरियन्टले ६५० किलोमिटरको रेन्ज प्रदान गर्छ। जसमा यस सेग्मेन्टकै सबैभन्दा बढी ७५.३ किलोवाट आवर क्षमताको म्यागजिन ब्याट्री छ।

लक्जरी भेरियन्टमा पहिलो पटक यस सेग्मेन्टको गाडीमा ड्राइभर र को-ड्राइभर बस्ने यात्रुका लागि मसाज सिट र आर्मरेस्टमा इन-बिल्ट फ्रिज समावेश गरिएको छ।

यसमा १५ विभिन्न स्मार्ट ड्राइभिङ् फङ्सन, म्यागजिन ब्याट्री, ७ एयरब्यागहरू र फराकिलो तथा आरामदायी इन्टेरियर छ। यो एसयूभीले फाइभ-स्टार सुरक्षा मापदण्ड पनि प्राप्त गरेको छ, जसले यसको उत्कृष्ट सुरक्षा क्षमतालाई प्रमाणित गर्ने कम्पनीले बताएको छ।

साथसाथै, स्मार्ट टेलगेट ओपनिङ, ड्राइभ क्षमता बढाउन इन्डस्ट्री-उत्कृष्ट हिट पम्प र ड्राइभर तथा अगाडिको यात्रुका लागि हिटेड र भेन्टिलेटेड सिटजस्मा सुविधाहरूले यस गाडीलाई थप उचाइमा पुऱ्याएको छ।

आयन भीको मूल्य इलाइट भर्सनको ६४ लाख ९९ हजार रुपैयाँ छ भने लक्जरी भर्सनको ६९ लाख ९९ हजार रुपैयाँ राखिएको छ।