BIZMANDU
www.bizmandu.com

१३ करोड १२ लाख लागतमा कालीगण्डकी नदीमा पुल, ‘पोखरा पुग्न ३० किलोमिटर दूरी घट्यो’

२०८१ माघ ९

१३ करोड १२ लाख लागतमा कालीगण्डकी नदीमा पुल, ‘पोखरा पुग्न ३० किलोमिटर दूरी घट्यो’
तस्बिर : रासस।

ढोरपाटन। कालीगण्डकी नदीमा १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ रुपैयाँको लागतमा निर्मित मोटरेवल पुल संचालनमा आएको छ। पुल यसै सातादेखि संचालनमा आएको हो।

Tata
GBIME

पुल संचालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ।

पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका-६ जोडिएका छन्। जैमिनी नगरपालिका-५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताए।

पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उनले सुनाए।