BIZMANDU
www.bizmandu.com

अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको चन्द्र ढकालको भनाइ, ‘निजी क्षेत्र उत्साही भएको छ’

२०८१ माघ ८

अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको चन्द्र ढकालको भनाइ, ‘निजी क्षेत्र उत्साही भएको छ’
अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको चन्द्र ढकालको भनाइ, ‘निजी क्षेत्र उत्साही भएको छ’


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले हालै ल्याएको अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएका बताएका छन्।

Tata
GBIME
NLIC

उनले मंगलबार आठौं म्याग्दी महोत्सवको समापन समारोहमा अध्यादेशबाट भएको कानुन परिवर्तनबाट निजी क्षेत्र उत्साही भएको बताए।

‘सरकारको तर्फबाट भएको कानुनको परिवर्तनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ,’ उनले भने, ‘निजी क्षेत्रको सकारात्मक सुझावलाई ग्रहण गरेर सरकारले छोटो समयमै कानुन परिवर्तन गरी लगानी र सुरक्षाको वातावरण रहेको सन्देश दिएको छ।’

सरकारको सिफारिसमा राष्ट्रपतिले पुस २९ गते सुशासन प्रर्वद्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि तथा माघ २ गते भूमिसम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको अध्यादेश जारी गरेका थिए।

महासंघका अध्यक्ष ढकालले कोरोना महामारी, रुस र युक्रेनको युद्ध तथा विद्यमान ऐन कानुनका कारण संकुचनमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको सुझाव अनुसार सरकारले अध्यादेश ल्याएको बताए।

उनले म्याग्दीका उद्योगी, व्यवसायीले तयार पार्ने कृषि, पर्यटन, जलस्रोत सम्बन्धी योजनामा लगानी भित्र्याउन महासंघ मार्फत सहजीकरण गर्ने प्रतिवद्धता जनाए।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आर्थिक गतिविधि बढाउन तथा स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्धन गर्न महोत्सव सफल भएको बताए। पुस २८ गते सुरु भएको महोत्सवमा स्थानीय, औद्योगिक उत्पादनका २३० वटा स्टल राखिएका थिए। महोत्सवमा१० करोडको कारोबार भएको श्रेष्ठले बताए।